गुल्मी तम्घासबाट १५ जना सडक बालबालिकालाई उद्धार

गुल्मी तम्घासबाट १५ जना सडक बालबालिकालाई उद्धार

२७ मंसिर २०७८

गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घासका बिभिन्न स्थानमा रहेका १५ जना सडक बालबालिकालाई बिद्यालयमा भर्ना गरिएको छ । परिवारको हेरविचार
अभावका कारणले सडकमा आउने बालवालिकाको रक्षाका लागि प्रहरीले चासो देखाएको हो । जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा रहेका सडक बालबालिकाको रक्षा र उनिहरुले पठन पाठनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले चासो देखाएको छ ।

विज्ञापन

तम्घासमा बेवारिसे अबस्थामा रहेका १५ जना बालबालिकालाई बिद्यालय भर्ना गरेको छ । प्रहरीले तम्घास बजार क्षेत्रका बिभिन्न स्थानबाट जम्मा गरेका सडक बालबालिकाहरुलाई अबिभावकलाई जिम्मा लगाएर उनिहरुले पढन चाहेको बिद्यालयमा पढने व्यवस्था मिलाएको हो । बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ चासो देखाउँदै उनिहरुलाई पढने व्यवस्था मिलाइएको छ ।

तम्घासका सार्बजनिक स्थानमा अभिभावकले बेवास्ताका कारण बालवालिका सडक छाप हुँने क्रममा बढ्दै गएकाले पहिलो चरण फेला परेका बालबालिकाहरुलाई स्कुल ड्रेससहित मिलाएर बिद्यालयमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

सडक बालबालकालाई बेवास्ता गरे उनिहरुले बजार क्षेत्रमा दुर्घटना बढाउने र पछि लागु औषध र चोरी डकैतीमा लाग्न सक्ने भएकाले बेलैमा उद्धर गर्नुपर्नेमा जोड दिए । सडक बालबालिकालाई भर्ना गर्न बिद्यार्थी लिएर प्रहरी उपरिक्षक भट्टराई बिद्यालयमा आफै पुगेका थिए । उनले बिद्यार्थीलाई नियमित स्कुलमा मात्रै भएपनि आउने बानी बसाल्ने गरि बातावरण तयार गरिदिनु बिद्यालयमा आग्रह गरेका थिए ।

पहिलो चरण यत्ति बिद्यार्थी फेला परेपनि बजारमा अझै हुनसक्ने भएकाले खोजी कार्य जारी राख्ने बताए । उनले बालबालिकालाई नियमित स्कुल पठाउन पनि आग्रह गरे । केहि वर्ष यता तम्घासमा सडक बालवालिकाहरु सडकमै मागेर खाने तथा जहा पायो तेहि बस्ने, फोहोर गर्ने लगायतका क्रियाकलापहरु गर्दै आएका छन् ।

जिल्लाको सदरमुकाम तम्घासमा सडक बालवालिकाका अभिभावकहरु ज्याला मजदुरी गर्ने र बालवालिकाहरुलाई हेरचाह नगर्नाले दिनानुदिन बालवालिकाहरु सडक छाप हुने क्रम बढ्दै जान थालेको हो । सडकमा बालवालिकालाई बिद्यालय पढ्न आउने बानी बसाल्नको लागि अधिकत्तम प्रयास गर्ने महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए ।

उनले यस्ता बालबालिकाहरु बिद्यालयमा नियमित आउने समस्या रहेको बताए । बालवालिका अभिभावकहरु ज्याला मजदुरीका साथै मदिरा सेवन गर्ने र स्कुल पनि नपठाउने गर्नाले सडक बालवालिकाहरु छाडा बन्दै गएका हुन् । उनिहरुले सदरमुकाम तम्घासका बिभिन्न पसलहरु र मानिसहरुसँग समेत पैसा माग्ने गर्दछन् ।