सैनामैनाको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा महिला शसक्तिकरण कार्यक्रम

सैनामैनाको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा महिला शसक्तिकरण कार्यक्रम

२३ मंसिर २०७८

अम्बिका परियार

विज्ञापन

सैनामैना — लैगिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा रुपन्देहीको सैनामैना रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा मेचिकाली बुहारी सयुक्त आवाज लुम्बिनी प्रदेश र गोरखनाथ सामुदायिक सिकाई केन्दको आयोजनामा महिलाहरुलाई १ दिने शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालीकाको उपप्रमुख बिना रानाले संबिद्यानले हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिताको शुनिश्चीतता गरेको भए पनि व्यवहारमा अझै कार्यान्वयन हुन नसकेको बताउनु भयो ।अझै पनि समाजमा लैगिक हिसा कायम नै रहेको र यसको न्यूनीकरणका लागि समाजका हरेक ब्यक्तिले हातेमालो गर्नु पर्नेमा उहांले जोड दिनु भयो ।महिला हिंशा यो वा त्यो वाहानामा परिवारबाटै शुरु हुने भएकाले महिला शसक्तिकरणका लागि परिवार नै सचेत हुन जरुरी रहेको भन्दै उपप्रमुख राना हानिकारक मुल्यमान्यताका बिरुद्ध सबैलाई एक जुट हुन आग्रह गर्नुका साथै महिलाहरु आत्म निर्भर बन्नका लागि आर्थिक उत्पादनमा लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख दिवाकर रिजालले लैगिक हिंसा सम्बन्धि कानुनी प्रावधानको बिषयमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण दिदै उहाले समाजमा हरेक ब्यक्तिलाई सबैले समान ब्यवहार गर्नु पर्ने बताउनु भयो ।समाजमा शारीरिक, मानसिक, यौनजन्य र सामाजिक हिसा बढी मात्रामा हुने गरेको बताउदै कुनै एयटा व्यक्तिको प्रयासले मात्र त्यस्ता हिंशा हुन बाट रोक्न नसकिने हुदां आ—आफनो ठाउं बाट सचेतनाका कार्यक्रमहरु गर्न सबैले हातेमालो गर्नु पर्नेमा उहांको जोड थियो ।

कार्यक्रमका मेचिकाली बुहारी सयुक्त आवाज लुम्बिनी प्रदेशको अध्यक्ष लता खड्काले महिला हिसां सम्बन्धि तथा महिला अधिकार, हकहितका बिषयमा प्रशिक्षण दिनु भएको थियो । उहाले समाजमा सबैको समान अधिकार हुने हुदा कसैलाई पनि,ठुला सानो, भनि गरिब र जातका आधारमा भेदभाव गर्न नहुने भन्दै शिक्षामा सबैको सहभागिता बढाउन शिक्षक ,अभिभाबक , बिद्यार्थी ,सरकार र सरोकारवाला सबैले सहकार्य गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, महिला बिकास शाखा प्रमुख तुल्सा ज्ञवाली, प्रेमकला सिजापति लगायतले बोल्नु भएको थियो । सैनामैना नगर भित्रका ६२ जना महिलाहरुको उल्लेखनिय सहभागीता रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लता खड्काको अध्यक्षता तथा महिला बिधालयका शिक्षक सिर्जना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।