गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना

गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना

गुल्मी -सवारी दुर्घटना न्यूनिकरणका लागि लुम्बिनी प्रदेश सरकार र ट्राफिक प्रहरीको आयोजनामा सचेतना कार्यक्रम भएको छ । दुर्घटनामा वर्षेनी सयौैंले ज्यान गुमाउँनुका साथै कयौं घाइते हुनु पर्ने अवस्थाको न्यूनिकरणका लागि गुल्मीमा ट्राफिक सचेतना गरिएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको सम्बन्धी सचेतना गराइएको हो । सडक सुरक्षा, ट्राफिक नियम तथा चिन्ह, यात्रा गर्दा अबलम्बन गर्नुपर्ने सुरक्षा सर्तकर्ता लगायतबा बारेमा जानकारी गराइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सह सचिव देबिराम पाठकले बताए । बिभिन्न चरण पास गरेर लाइनसेन्स लिए पनि मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेवार बन्नु पर्ने कार्यत्रममा बताइएको थियो ।

विज्ञापन

कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले सहजीकरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले दुर्घटना न्यूनिकरण गर्न सबैपक्ष जिम्मेबार बन्नु पर्नेमा जोड दिए । उनले अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके दुर्घटना न्यूनिकरण हुने बताए । जिल्लामा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रमले केहि हदसम्म सहयोग पुग्ने सचेतनाका एक सहभागी हिमाल कुँवरले बताए । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले प्रदेश सरकारले सबै जिल्लामा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।