वाईसीएल लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णबहादुर सारु निर्वाचित
जेठ २ दाङ
वाइसिएल नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
सम्मेलनले अध्यक्ष र सचिव पदका लागि मतदानमार्फत चयन गर्दा बाँकी पदाधिकारीहरू सर्वसम्मत रुपमा निर्वाचित गरेकाे छ।
मतदानबाट अध्यक्षमा कृष्णबहादुर सारु र सचिवमा दलबहादुर गुरुङ निर्वाचित भएका हुन्।
उपाध्यक्षमा माधव बुढाथोकी, अशोक श्रेष्ठ र सुष्मिता चौधरी सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी, सहसचिवमा प्रितम पाण्डे, दत्तबहादुर खत्री, गोपलमान तमु, सुनिल गिरी, सन्तोष राजभार, प्रेमा घर्ति र नरबहादुर पुन चयन भएका छन्।
कोषाध्यक्षमा गोबिन्दबहादुर वली सर्वसम्मत निर्वाचित भएका छन्।
#वाईसीएल लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णबहादुर सारु निर्वाचितसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा