मन्त्री यादवको पुत्ला दहन गर्दै रौतहटमा प्रदर्शन

मन्त्री यादवको पुत्ला दहन गर्दै रौतहटमा प्रदर्शन

रौतहट माघ ८

 रौतहटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला दहन गर्दै प्रर्दशन गरिएको छ।

विज्ञापन

एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले रौतहट सदरमुकाम गौरमा मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै उनको पुत्ला जलाएका हुन । प्रदर्शनमा संयौं युवाहरु सहभागी थिए ।

यादवले हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको भन्दै उनको सवत्र आलोचना भइरहेको छ ।

युवा संघका केन्द्रीय सदस्य निवेश यादवले मन्त्री यादवलाई तुरुन्त बर्खास्त गर्न माग गरे । यादवले गौर हत्याकाण्डको छानविन हुनुपर्ने र दोषिलाई कडा कार्वाही हुनुपर्ने धारणा राखे ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले शनिवार नै उनलाई पार्टी कार्यालयमा बोलाएर राजीनामा दिन भनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा गराउन यादवलाई दबाव दिएपछि उनले मन्त्री यादवलाई बोलाएर छलफल गरेका हुन ।

गौरहत्या काण्डमा २९ जना भन्दा बढी माओवादी कार्यकर्ताहरुको हत्या गरिएको थियो । जसमा धेरै महिला रहेका थिए । मन्त्री यादवले सिके रावतलाई धम्कीपूर्ण अभिव्यक्ति दिंदै गौर घटना सम्झना भनेकी थिईन ।

तर, पछिल्लो समय गौर हत्याकाण्डको फाइल पुन खोलेर दोषीमाथी कार्वाही गर्न दबाव बढिरहेको छ 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता