एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै रुकुमको पुथा उत्तरगङ्गामा माओवादी विजयी

एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै रुकुमको पुथा उत्तरगङ्गामा माओवादी विजयी

 

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा हुनुभएको छ ।

बुढाले ३ हजार ६ सय २७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १सय २८ मत प्राप्त गर्नुभएको छ ।

पुथा उत्तरगङ्गामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । तर पनि माओवादीकी उम्मेदवार बुढा १५ सयभन्दा धेरै मतले विजयी हुनुभयो ।

नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव तुलाचनले कांग्रेसको चुनाव चिह्न रुखबाट चुनावमा प्रतिस्पर्धा गर्नुभएको हो । यसअघि पनि यहाँ मा‌ओवादी विजयी भएको थियो ।