बृहत्तर लुम्बिनी क्षेत्रबारे पर्यटक गाईड बुक तयार गरिदैं, मस्यौदामाथि लुम्बिनीमा छलफल
लुम्बिनी – बृहत्तर लुम्बिनी क्षेत्रबारे एकिकृत रुपमा जानकारी गराउन पर्यटक गाईड बुक लुम्बिनी तयार पारिने भएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गत यूएनडिपिसँगको सहकार्यमा सञ्चालित दिगो पर्यटन पुर्नउत्थान परियोजना, लुम्बिनी विकास कोष, र लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहकार्यमा पर्यटक बुक लुम्बिनी प्रकाशनको अन्तिम तयारीमा जुटेको हो । बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको गृहनगर कपिलबस्तु, अस्तीधातु रहेको रामग्राम र मावली देवदह सहित आसपासका पर्यटकीय क्षेत्रहरुको समेत जानकारी समेटेर पर्यटक गाईड बुक प्रकाशन गर्न थालिएको छ ।
शुक्रबार लुम्बिनीमा बुकका बिषयबस्तुका बारेमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन सहितको उपस्थितीमा छलफल गरिएको छ । पहिलोचरणमा मे महिनामा सरोकारवालाहरुसँग छलफल गरी विज्ञहरुले तयार पारेको मस्यौदालाई अन्तिम रुप दिन शुक्रबार थप सुझाव माग गरिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक तथा परियोजनाका राष्ट्रिय संयोजक श्रद्धा श्रेष्ठले बताईन । उनले बृहत्तर लुम्बिनीको बारेमा एकैखालको सन्देश आन्तरीक र बाह्य पर्यटकहरुमाझ पु¥याउने उदेश्यले पर्यटक गाईड बुक तयार पारिएको बताईन ।
बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकहरुको बसाईअवधि छोटो भएको बिषयमा सर्वत्र चिन्ता र चासो राखिएपछि एकिकृत सूचना र पर्यटकहरुलाई महत्व बुझाउनका लागि बुक तयार पार्न लागिएको हो ।
पर्यटक गाईड बुकले लुम्बिनी आउने पर्यटकहरुले यसको पुरातात्विकसँगै धार्मिक महत्वका बारेमा पनि जानकारी लिदा त्यसले लुम्बिनीको प्रद्धवद्र्धनमा ठूलो योगदान गर्ने राजकीय बौद्ध विहार लुम्बिनीका प्रमुख भन्ते सागरधम्मले बताए ।
छलफलमा सहभागीहरुले बुकले बृहत्तर लुम्बिनी क्षेत्रसँगै वरपरका पर्यटकीय स्थलहरुका बारेमा पनि उल्लेख गर्नुपर्ने सुझाव दिए । लुम्बिनी र बुद्धस्थलसँगै अरु प्राकृतिक र सांस्कृतिक पक्षलाई समेट्दा पर्यटकको बसाईअवधी लब्याउन सकिने सुझाव दिए । छलफलपछि लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरीजनले पर्यटकहरु सूचनाको अभावका कारण धेरै भ्रमण नगर्ने परिपाटी रहेकोमा पर्यटक गाईड बुकले त्यसलाई चिर्ने विश्वास लिईन ।
छलफलमा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरीध्वज राईले सूचना पर्यटकका लागि अति आवश्यक हुने भन्दै अब लुम्बिनीको पर्य६न प्रवद्र्धनमा सबै पक्ष एकताबद्ध हुनुपर्ने बताए । उनले गुणस्तरीय पर्यटक भित्र्याउनका लागि पर्यटन टुरगाईड बुकले सहयोग गर्ने बताउँदै अब होटल व्यवसायीदेखि सबै पक्षले गुणस्तर कायम राख्नुपर्नेमा जोड दिए ।
यस्तै यूएनडिपि लुम्बिनी प्रदेशका प्रमुख सुदीप अर्यालले धार्मिक आस्थासँगै पुरातात्विक महत्वका बारेमा बुकले जानकारी दिने भएकाले यसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग गर्ने बताए । नीजि क्षेत्रका होटल व्यवसायीहरुले समेत सूचनाको अभावमा कयौं पर्यटकहरु लुम्बिनीको मायादेवी मात्रै भ्रमण गरेर जाने गरेको गुनासो गर्दै आएका छन् । लुम्बिनी होटल एसोसिएशन संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले ढिलै भएपनि बृहत्तर लुम्बिनी क्षेत्रको बारेमा टुरगाईड बुक बन्न लागेकोमा खुशी व्यक्त गर्दै यसले पर्यटकहरुलाई आर्कषित गर्ने विश्वास व्यक्त गरे ।
छलफलमा परापर्शदाता सौरभ थापा, नेपाल पर्यटन बोर्डका धर्मराज दवाडीले बुकको मस्यौदा प्रस्तुत गरी सुझाव माग गरेका थिए । कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त, लुम्बिनी होटल व्यवसायी संघ नेपालका महासचिव पुरुषोत्तम पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने, समन्वय शाखाका फणिन्द्र कुमार पाल सहित स्थानीय टुरगाईडहरुले सुझाव दिएका थिए । पर्यटक टुरबुक लुम्बिनी नेपाली र अग्रेजी भाषामा प्रकाशन गरिनेछ ।


















प्रतिकृया दिनुहोस्