बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
- ई प्रतिबिम्ब
- २०८१ जेष्ठ १९
- 990 views
बुटवल – सहिद स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सहिद कुनै दल वा संस्थाको नभएर सहिद सबैको साझा भएको बताए । देशको ब्यबस्था परिवर्तन गरि देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेलेका सहिद तथा बेपत्ता परिवारको अवस्था भने अझै उस्तै रहेको भन्दै अब उनिहरुको अबस्था परिवर्तन गर्नका लागि सरकारका तिनै तह र सरोकारवाला निकायले हातेमालो गर्नुपर्नेमा जोड दिदै आगामी दिनमा पनि बुटवल उपमहानगरपालिका सदैब सहिद तथा बेपत्ता परिवारको पक्षमा रहेको बताए ।सहिद तथा बेपत्ता परिवारका बालबालिकालाई बिधालयको पहुँचमा पुर्याउन तथा राज्य छ भन्ने अपन्त्व गर्याउन लागि सदैब पालिकाले सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमका विशिष्ट अतिथी सविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोनिया यादवले सहिद राष्ट्रका गहना भएकाले उनिहरुको सम्मान र सम्झनामा सबैले साझा र समानरुपले व्यबहार गर्नु पर्ने बताईन । सहिदहरुको सम्झनाका लागि सहिद स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि बजेट छुट्याइएको तथा त्यसलाई पूरा गर्न अहिले पनि पहल गरेको बताउदै आगामी दिनमा पनि सहिदले देखेको सपना पूरा गर्न सबै सङ्ग हातेमालो गर्नेमा जोड दिईन ।
बुटवल उपमहानगरपालिका वडा न.११ का वडा अध्यक्ष रामचन्द्र खनालले सहिदको सपना पूरा गर्न कुनै एकले मात्र चाहेर नहुने हुदा सरकार र सरोकार वाला सबैले साझा प्रतिबद्धता गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहिद परिवारका सदस्य महेन्द्र भुसाल , एकल महिला समाज रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठ , सहिद परिवार समाज रुपन्देहीका अध्यक्ष शिब प्रसाद घिमिरे लगाएतले सहिद तथा बेपत्ता परिवारलाई राज्य र राजनीतिकदलहरुले उपेक्षा गर्न नहुनेमा जोड दिए ।
कार्यक्रम संस्थाका अध्यक्ष हरि प्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष मनोज रानाको स्वागत तथा सचिब दामोदर घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्