कपुरकाेट गाउँपालिकाे  नीति तथा कार्यक्रमकाे सुझाव संकलन गर्न बृहत महिला भेला सम्पन्न: अध्यक्षमा गीता बाेहरा

कपुरकाेट गाउँपालिकाे नीति तथा कार्यक्रमकाे सुझाव संकलन गर्न बृहत महिला भेला सम्पन्न: अध्यक्षमा गीता बाेहरा

बैशाख २३ सल्यान

कपुरकाेट गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम तर्जुमाकाे लागि पालिका स्तरीय बृहत् महिला भेला सम्पन्न भएको छ।

विज्ञापन

आर्थिक वर्ष ०८२/०८३ काे निति तथा कार्यक्रम तर्जुमाकाे लागि पालिका उपाध्यक्षकाे अध्यक्षता तथा अध्यक्षकाे प्रमुख आतिथ्यतामा कपुरकोट गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम  उपाध्यक्षसँग आमा दिदीबहिनी कार्यक्रम अन्तर्गत महिला उत्थान कार्यक्रम तर्जुमा तथा कार्यान्वयनका लागि आज कपुरकोट गाउँपालिका सभा हलमा बृहत महिला भेला सम्पन्न भएको हाे।

वृहत् महिला भेला तथा सम्मेलनमा वक्तित्वकला प्रतियोगिता  सञ्चालन गरिएको छ।

भेला तथा सम्मेलनबाट  गीता बोहराको अध्यक्षतामा १३ सदस्य पालिका स्तरीय महिला सञ्जालको गठन भएको छ ।

आगामी बजेट नीति तथा कार्यक्रममा आमा दिदीबहिनीहरूका सुझावहरुलाई समेट्ने उद्देश्यले पनि यो सम्मेलन आयोजना गरिएको उपाध्यक्ष प्रकाश  भण्डारीले जानकारी दिनुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता