ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
लैङ्गिक हिंंसा विरुद्धको अभियान :गोरखनाथ सामुदायिक सिकाई केन्द्रद्वारा विधालयमा सचेतना कार्यक्रम

लैङ्गिक हिंंसा विरुद्धको अभियान :गोरखनाथ सामुदायिक सिकाई केन्द्रद्वारा विधालयमा सचेतना कार्यक्रम

बुटवल – लैङ्गिक हिंंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा कानुनी सचेतना तथा मलमला देबि माध्यमिक विधालयमा प्रशंसनीय दृष्टिकोण तथा लागु पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।
गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैना-६ को आयोजना तथा पब्लिक भ्वाईस नेपाल लुम्बिनी प्रदेशको सह-आयोजनामा विधार्थीहरुका लागि सचेतना कार्यक्रम गरिएको हो ।
सो अवसरमा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थले लिङ्गका आधारमा हुने जस्तो सुकै हिंसाको अन्त्य घरदेखि नै सुरुवात हुनुपर्ने बताउनुभयो ।
नेपाली समाजमा संस्कारका नामबाट हुने महिला हिंसा तथा भेदभावको अन्त्यको लागि घरपरिवार र व्यक्तिबाटै सकारात्मक सोच सहित अभियान चलाउनुपर्ने जोड दिनुभयो ।
उहाँले भन्नुभयो” महिलाहरूमा आउने प्राकृतिक पद्धति महिनावारीको समयमा छुन नहुन, छाउ बस्ने जस्ता संस्कार र परम्पराको नाम हुने विभेद र हिंंसालाई राष्ट्रिय अभियान कै रुपमा सचेतना जगाउनु गराउनुपर्छ ।
सैनामैना वडा नम्बर-६ का अध्यक्ष गोपाल पोख्रेलले समाजमा अझै पनि लैङ्गिक हिंंसा कायमै रहेकाले लिङ्गका आधारमा जस्तोसुकै हिंसा विरुद्ध निडर भइ वकालत गर्नुपर्ने बताउनुभयो ।
हिंसाको हरेक स्वरुप रहेकोले नेतृत्व तहका व्यक्तिले कसैप्रति आच आउने खालका अभिव्यति दिनु पनि हिंसा रहेकाले त्यस प्रति सजक हुनुपर्ने जोड दिदै अध्यक्ष पोख्रेलले यसप्रकारको सचेतना कार्यक्रमले समाज र समुदायलाई सकारात्मक दिशातर्फ लगि हिंंसा न्यूनीकरणमा सहयोग गर्ने जिकिर गर्नुभयो ।

गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैनाका अध्यक्ष लता खड्काले लैङ्गिक हिंंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सिकाई केन्द्रले हरेक बर्ष सचेतना कार्यक्रम तथा प्रशिक्षण दिदै आएकाले यस बर्ष विधार्थीहरुलाई सचेत गराउन सके परिवार र समुदायमा पनि सकारात्मक सन्देश पुर्याउन सक्ने हुनाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
साथै उहाँले लैङ्गिक हिंसा वर्षौंदेखि जकडिएको समाजको ठुलो समस्याको रुपमा रहेको भन्दै सोँच परिर्वतनसगैं यसको अन्त्यका लागि सबै पक्षको महत्वपूर्ण भूमिका रहने भनाइ राख्नुभयो ।

विज्ञापन

लैङ्गिक हिंसा विरुद्ध पत्रकार रिया बस्नेत र गोरखनाथ सामुदायिक सिकाई केन्द्रकि कार्यसमिती सदस्य सुष्मा छिनालले लैङ्गिक हिंसा के हो ? हिंसाका प्रकार, हिंसामा पर्दा कानुनी उपचार कसरी खोज्ने लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियोे ।
यसैगरी मलमलादेबि माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पौडेलले विद्यार्थीहरुलाई लागु पदार्थको सेवनबाट टाढा राख्न घरपरिवारबाट विशेष निगरानी गर्नुपर्ने तथा उनीहरुको गतिविधिलाई गहिरो ढंगले अवलोकन गर्नुपर्ने जोड दिनुभयो । साथी संगतको असरले पनि यस खलका गतिविधिमा फस्ने हुनाले विधार्थी भाईबाहिनिहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।
लागु पदार्थ दुर्व्यसन तथा त्यसको कानुनी उपचार सम्बन्धी प्रशिक्षण इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरिक्षक जंग बहादुर श्रेष्ठ र प्रहरी सहायक निरीक्षक विष्णु पौडेलले दिनुभएको थियो । लागू पदार्थ दुर्व्यसनले युवा वर्गमा पार्ने सामजिक , आर्थिक र स्वास्थ्य असरबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रमुख हेम थापा, मलमला माध्यमिक विधायका प्रधानाध्यापक यम बहादुर क्षेत्री, जनप्रतिनिधि माया बि.क, दुर्गामाया श्रेष्ठ, पत्रकार अनिता चौधरी लगायतको आतिथ्य रहेको थियोे ।
गोरखनाथ सामुदायिक सिकाई केन्द्र कि अध्यक्ष लता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सिकाई केन्द्रका प्रधानाध्यापक सिर्जना न्यौपानेको रहेकोे थियोे ।