पशुपतिनाथ मन्दिर परिसरमा झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस
- SathiSoft
- २०७६ चैत्र १३
- 645 views
पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् ।
उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ ।

यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । यहाँ उनी सफाइ अभियन्ताका रुपमा देखिएका छन् ।
तस्वीर पशुपतिनाथ क्षेत्र परिसरको हो । शनिबार पशुपतिनाथ परिसरमा भेटिएका उनी लामो पछ्यौरा ओढेर झाडुले सफाइ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर उनी पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए । सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेको बताइएको छ ।
- माओबादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा नव नियुक्त उपसभामुख तथा मन्त्रीहरूलाई सम्मान
- कर्णाली प्रदेश सरकारकाे निती अनुसार कार्यक्रम बनाउन गैरसरकारी संस्थालाई मन्त्री शर्माकाे निर्देशन
- किसानले उत्पादन गरेका कृषि उपज बिक्री नभए प्रदेश सरकारले जिम्मा लिन्छः मन्त्री शर्मा
- भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्मा औषधी लिएर सल्यानका दुई नगरपालिकामा
- मन्त्री शर्माद्वारा व्यवसायीक आलु खेतीको अनुगमन किसान भन्छन्ः अनुदान हैन सहुलियत कर्जा दिनुहोस्
- अखिल(क्रान्तिकारी) सिद्धार्थ क्याम्पसद्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा पुर्व इकाई अध्यक्ष सम्मान
- खाद्य अधिकारका लागि गरिब दलित तथा भूमिहीन समुदायका लागि करार खेतीकाे व्यवस्था गर्छौ मन्त्रीः शर्मा
- समावेशिता नारामै सिमित
- दश जिल्लाका कार्यालय प्रमुखलाई एक महिना भित्र प्रगति प्रतिवेदन पठाउन मन्त्री शर्माकाे निर्देशन
-
नेपालका प्रेमकुमार दर्नाललाई स्वर्ण पदक
२०७८ श्रावण १९
प्रतिकृया दिनुहोस्