कास्की बारको सदस्यमा अधिबक्ता कुञ्जनी निर्वाचित

कास्की बारको सदस्यमा अधिबक्ता कुञ्जनी निर्वाचित

कार्तिक १६ कास्की

अधिबक्ता कुञ्जनी परियार कास्की बारको सदस्यमा पदमा निर्वाचित भएकी छिन।

विज्ञापन

न्याय कुन्ज लिगल एसोसिएटसको co founder अधिवक्ता कुञ्जनी परियार कास्की जिल्ला अदालत बार एशोसियशनको गत साेमबार कास्की मा सम्पन्न निर्वाचनबाट कार्यसमितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएकी हुन।

कुशल प्रशिक्षक तथा अधिबक्ताको रुपमा काम गर्दै आएकी परियार चंगा फाउन्डेशनको अध्यक्ष समेत रहेकी छिन।

दुइ बर्ष कार्यकाल रहेको बारको जिल्ला कार्य समितीमा अध्यक्ष नारायण प्रसाद शर्मा ,उपाध्यक्ष लिला बल्लौ न्यौपाने, सचिवमा युवराज पराजुली, सिता भट्टराइ सहसचिव, भुपराज पोख्रेल कोषाध्यक्षमा निर्बाचित भएकाे समितीका सदस्यहरुमा दिपा कोइराला रुद्रलाल कवँर शुष्मा ओझा बिमल लामिछाने बिनाका शर्मा कल्यासी अधिकारी र दधिराम पौडेल रहेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता