अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

१२ भाद्र २०७८
अम्बिका परियार

सैनामैना ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी सैनामैना वडा नं. ७ ले आज वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रममा विन्दु थारुको नेतृत्वमा ६५ सदस्य वडा कमिटी गठन समेत गरेको छ ।

सैनामैना वाटरपार्क रिसोर्टमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रकाका जिल्ला सचिव निर्मल जि. सी.को प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तथा क्षेत्र नं.५ का ईन्चाज सन्तोष रसाइलीको विशिष्ट आतिथ्यता, अतिथीहरु क्षेत्र नं. ५ का सचिव भोला वस्याल, नेकपा माओवादी केन्द्र सैनामैना नगर संयोजक नारायण महत, जिल्ला सदस्य राम बहादुर कुवर, दिपक भण्डारी, अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य दीपिका शर्मा, क्षेत्र नं.५ क्षेत्रिय कमिटि सचिवालय सदस्य रोमनाथ न्यौपाने, अनेम संघ सैनामैना नगर अध्यक्ष जानकी शर्मा, अनेम संघ सैनामैना नगर सचिव सुमित्रा भट्टराई लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्मल जि .सि ले २१ औं सताब्दीमा महिला मुक्ति कुरा आज पनि गरिरहनुपर्ने बिटडम्बना भएको बताउनु भयो । परिवर्तनका एजेण्डाहरु माओवादी केन्द्रको भएकाले हरेक वर्ग ,जाति लिंङगको मुक्तिको आन्दोलन माओवादी जनयुद्धको आरम्भसँगै तिब्रता पाएकाले आगामि दिनमा यसलाई बचाई राख्न हामी सबैका दायित्तव रहेको तर्क गर्नु भयो । महिलाहरुलाई राज्यका हरेक निकायमा समान सहभागिता र नेतृत्वमा ल्याउन लागि माओवादी आन्दोलनले महत्वपुण्र्घा भुमिका रहको भन्दै महिलाहरुलाई आर्थिक तथा चौतफि रुपमा सक्षम बनाृन सरकारका तिनै तह ,राजनैतिक दल तथा परिवार र स्वयम व्यक्तिले नै योजना बनाउने र कार्यान्वयन गर्नु पर्ने कुरामा जोडघ दिनु भयो ।

त्यस्तै विसिष्ट अतिथि सन्तोष रसाईलिले आपनो हक अधिकार प्राप्त गर्नका लागि महिलाहरुले जनयुद्धमा पुरुष सरह लडाईका मोर्चामा सामेल भएको भन्दै महिलाहरु यग परिवतर्नका संवाहक भएको जिकीर गर्नु भयो ।पछिल्लो समय यो वा त्यो बाहानामा महिलाहरु विभिन्न खाले हिंशाको सिकार बन्नु परेकाले त्यसको बिरुद्धघमा संगठित भएर लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा महिला नेतृ दिपिका शर्माले २१ औं शताव्दीको अन्त्यमा आईपुग्दा पनि समाजमा कतिपय व्यक्तिहरु महिलाको नेतृत्व स्विकार्न तयार नभएको बताउनु भयो । संबिद्यानमा लेखिएका कुरा कार्यान्वयन नहुदां अझै पनि महिलाहरु घर तथा समाजमा उप मै सिमीत हुनु परेकाले सामनजिक न्याय,समानता र अधिकारका लागि फेरि एक पटक सबैले हातेमालो गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

लोक तथा दोहरी गायिका विष्णु श्रीपाली र कुसुम परियारको प्रस्तुति समेत रहेको उक्त कार्यक्रममाकरिव ५०० महिलाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम शान्ता थापाको अध्यक्षता, सुमित्रा भट्टराईको स्वागत मन्तव्य र शारदा न्यौपाने को संचालनमा सम्पन्न भएको थियो ।