दैलेखकी गायिका धना परियारकाे बाल्यकाल देखि सांगीतिक यात्रा

दैलेखकी गायिका धना परियारकाे बाल्यकाल देखि सांगीतिक यात्रा

जिवन कति बेला के हुन्छ खै कसैलाइ थाहा हुदैन भनिन्छ जन्म पछि मृत्यु तर बाँकी जिवन बाँचेकाहरुको।जन्मेको दिन बाब आमा अनि सबै जना नयाँ संसारमा स्वागत जसरी गर्दछ। त्यसको समान्यर्थी फरक हुन्छ रत जीवन प्राप्त हुन्छ । गरिव हुनु जन्मको फल हैन कर्मको फल हो जसरी मानिसहरु जन्मलाइ दोष दिएर सधै पन्छिन खोज्दछन। अभाव र पिडा दैनिकी साथी बनाउने हरु मात्रै जिवनमा सफल भएका छन। यसको एक पात्र हुन लोक गायिका धना परियार। धना परियार एक सम्पन्न परिवारमा जन्मेकी नभइ गरिव र अभावलाइ दैनिकी जीउने परिवारको एक सन्तान हुन।

हामी सफल हुनुमा भाग्य हैन कर्म गर्नु पर्छ भन्ने  अदम्य ताकत छ परियारमा। दैलेख जिल्ला आठबिसकोट नगरपालिका वडा नं ६ मा २०५७ सालमा जन्मेकी धना परियारको जिवन भोगाइ र संघर्ष मा आधारित जीवन कथा   

विज्ञापन

गायिका धना परियारकाे बाल्यकाल र पारिवारिक अबस्था

दैलेख तिर छाउ अथवा महिनावारी  भयसी गोठमा राखिने चलन छ।महिनावारी  भयको दिन देखि ५/७ दिन सम्म गोठमै बस्नु पर्ने हुन्छ त्यो नियम उनको घरमा मात्र हैन सबै ठाउमा छ।

उनको घरमा त अझै धेरै गर्थे तेसमाथी उनको आमालाइ अझै बढि गर्थे।यहि क्रममा उनको आमा  महिनावारी अथवा छाउ भइन।

धना आमा सङ्गै सुत्तिन भाइ अनि म दादा दिदी त घरमै सुत्थे। धना लाइ आमा सङ्ग सुत्न पठाउथे। उनि नि आमा र भाइ सङ्गै छाउ गोठमा सुत्न गय रात भरी सुतेर बिहान को करिब सात बजे तिर उनको आमाले भनिन घाँस काट्न जङ्गल जानू पर्थ्यो।

उनको घरमा ४ वटा भैंसी २ हल गोरु ४०/५० बाख्रा सबै उनको आमाले हेर्नू पर्थ्यो ।

तेसैले नि उनको आमालाई हतार हुन्थ्यो होला आमा निस्किएर ५/७ मिनेट को बाटो मात्रै हिड्दा  उनि सुतेको गोठमा आगो लागेको रे आगो कसरी लाग्यो त्यो कसैलाइ  ले थाहा पायन।

उनको आमाको भनाई अनुसार उनको गाउमा निकै हावा चल्ने हुनाले हावाले गर्दा लागेको होला भन्नू भयको कुरा उनले थाहा पाइन ।

 उनि तीन बर्षमा हुदा घटेको घटना उनलाइ थाहा हुने कुरा भयन तेसैले नि होला उनलाइ त्यती थाहा छैन।

उनको आमा अलि टाढा मात्रै के जानू गोठमा आगो लागे छ।

त्यो दृश्य उनको कान्छो बाबाको ठुलो छोरिले देखेकी रहेछिन। अनि आमालाइ कराउदै गोठमा कोहि छ कि नाई उता गोठमा आगो लाग्यो भन्दै उनको आमा फर्केर भएको ठाउबाट गोठमा आइपुग्दा  आगो निकै दन्किसकेको रहेछ। उनको आमा दौडेर आयर तेहि आगोमा हाम फालेर हामी लाई बचाउन सफल भएकी थिएन ।

 उनको भाइ र उनि गोठमा सुतेका थिए ।उनी बाहिर निस्किन सक्थिन  तर उनको  भाइ सानै थियो बाहिर निस्किन सकेनान।

उनले भाइलाइ बोक्न नै सकिन ।तेसैलेउनको  भाईलाइ गोठमा एक्लै छोडेर उनि बाहिर निस्किन नि सकिन साहेद उनमा बालमानस पटलमा यो कुरा घुस्यो होला ।

उनले भाइलाइ बचाउनु पर्छ सोही अनुसार उनको भाइको अघाडी आगो सामु केही लागेन साहेद उनि  भाइलाइ कपडा भित्र गुट्मुटायर तेस्को माथी आफू घोप्टो परेर सुतिन त्यो आगोले उनको भाइलाइ भेट्न न सकोस भगवान को किर्पा भनौ अथवा के मेरो भाइलाइ केही भय न सकुसल मेरै अङ्गालो सङ्गै धना र भाइलाइ उनको आमाले बाहिर निकाल्नु भएको रहेछ। उनिलाइ आगेमा परि सके पछि केही थाहा भएन

उनले भाइलाइ बचाउन पायर उनको पैलो खुसी भाइ निकै हेन्ड्सम छन ।उनले बिहे गरिसकेका छन   उनको बुहारी निकै स्वभाव कि छिन निकै प्यारी छिन यो सबै देखे भने आफ्ना पीडा कता हराउछ्न कता।

उनको जिन्दगी ले कहिले सुखको दिन देख्न पाइनान। उनको परिवारको मायामा फरक आयो अरुले पाउने मायाको अभाब भयो जिन्दगी अभावै अभावमा चल्न थाल्यो

तर हार भने  उनले कहिले मानिन उनले खास मा हार्नै जानिन जति अभाव पिडा  ठक्कर खाय पनि सधै उनका बाटाहरु परिवर्तन गरिन।

उनको  जिन्दगी कस्तो थियो त्यो उनि आफैलाइ थाहा छैन तर यो पढ्नु पर्छ भन्ने कुरा ले उनलाइ  सताउन थाल्यो।

उनकाे शैक्षिक यात्रा

उनि ११ बर्ष को उमेर बिद्यालयमा भर्ना भइन। उनलाइ अरु साथिले जस्तो १/२ कलास पढिन तेति बेला उनको गाउका नगेन्द्र ढुङ्गाना सर  प्रधानाध्यापक रहेछन।उनले धनाइ कक्षा ३  राख्दिनु भएको रहेछ।

पढाइमा  उनि कम्जोर पनि थिइनान। तेसैले होला १/२ कलास पढ्न लागिन

स्कुल उनलाइ सिधै कक्षा  ३ कलासमा राखियो तर उनले सबै अगाडिका साथीहरु झै पढन थालिन  उनलाइ बिध्यालय जाने बाताबरण भने सहज थिएन लुकेर स्कुल जानू पर्थ्यो नत्र उनका उमेरकाले भेटे भने धोबी धुलाइ गर्थे।

अनेक नाम ले बोलाउथे यक्लै भेटे भने यस्तो न राम्रो तरिकाले पिट्थे अहिले सम्झिदा नि ती घाउहरु दुख्छ्न कता कता तर नि यो मन ले यो जिद्दी ले मानेन मैले पढ्नु पर्छ भन्ने मात्रै उनमा सोच थियो।

उनकी आमाले उनलाइ कहिले अरुको छोरी सङ्ग दाँज्नु  भयन र कक्षा १० पढ भन्नू हुन्थ्यो ।तर उनको आमाले मेरो छोरी विश्व कै राम्री छोरी मध्य कि एक हो भन्थिन।

र आफु न पढे पनि पढाइको महत्त्व थाहा थियो उनकी आमालाइ  जसरी नि पढ्नु पर्छ भन्ने भनाइ थियो ।

उनको आमा को भनाइ र उनको  सोचाइ एउटै थियो उनि  पढ्दै गइन।

साना कलासमा हुदा त्यती आर्थिक न लाग्ने तर ठूलो कलासमा पुगेसी आर्थिक चाप बढ्यो किताब कपि डट्पेन ज्यामिती अनि झोला सबैको आवश्यक पर्ने भयो उनलाइ ।

उनको आमालाइ यो सब जुटाउन गाह्रो भयो किन भने  उनको घरमा कुनै ब्यापार थिएन।

उनको घरमा केही बाख्रा र कुखुरा बिक्री गरेको पैसाले आवश्यकता अनुसार चलाउन न पाइने केही गर्नु पर्ने भएपछि उनको बाबाको अनुमती लिनु पर्थ्यो।

घरमा उनको आमाको केही चल्दैन्थ्यो तर पनि उनको  आमाले उनलाइ कहिल्यै निरास हुन दिइनान।

उनको आमाले देखाएको साहस

उनको आमाले सधै म छु गर भन्नू हुन्थ्यो खर परालहरु बेचेर तमाखुहरु बेचेर खुर्सानी बेचेर बेसार बेचेर उनलाइ पढाउनु भयो। मैले स्कुल ड्रेस कहिले पाइन र तेति सङ्लो कपडा नि लाउन पाइन ८ कलास पढिसके पछि खर बेचेको पैसाले मेरि आमाले मलाई कपडा किनिदिनु भएको थियो।

तेस्पछी उनि आफै कार्यक्रममा  गित गाउन जान थालिन  अनि बिजयी हुदै उनले पुरस्कार पाउन थालिन।उनको गति संगितबाट नै पढाइमा  केही खर्च जुट्यो।

जे होस उनले आमालाइ अलिकती भएपनि भार अलि कम गरिन ।उनलाइ परिवारमा  धेरै भाइबहिनी भयकाले गार्‍हो थियो एक्लि आमालाई त्यसमाथी  उनले पढ्ने भयर झन चाप थियो उनको घरमा  खासमा उनले आमालाइ कपि कलमको लागी कहिल्यै दुख दिइनान बरु मागेर उनले काम  चलाउथिइन ।तर आज उनी संग कपि कलम मात्र हैन काठमाडौमा बस्ने खर्च को ब्यबस्थापन गरी जसोतसो जिन्दगीका सफलता संग संघर्ष गरिहेकी छिन।

के सोचेर काठमाडौ झरेकी थिइन धना

SLC २०७० सालमा दियकी उनले पढ्न न पायकाले उनले परिक्षा उतिर्न गर्न सकिन एकै पटक २०७२  प्रबेशिका परिक्षा पास गरिन।

उनी घरका मान्छेहरुलाइ अलि बोझिलो भयजस्तो लाग्यो उनको दाइले  ले सोधे “त के गर्छेस अब” पसल गर तेसो भय” उनलाइ त्यो दाइको शब्द मान्य थियन ।

उनि कलाकार बन्छु भन्दा उनको दाइल उनको कलाकार बन्छु भन्ने शब्द काट्न सकेनान । उनि काठमाडौ आएर गित पनि रेकर्ड गरिन।

कलाकार बन्न यतिले मात्रै न पुग्ने रहेछ अरु गर्न सक्ने उनमा शक्ति थिएन ।

तर उनले हार भने खायकी थिएनान। सहरमा  शिक्षाको माहोल देख्दा  उनलाइ फेरि पढ्न मन लायो र कक्षा ११ काठमाडौ मै पढ्ने उनले निधो गरिन र उनले कक्षा११ को फारम लगाइन।

उनलाइ झन समस्या पर्यो नत पढाइ खर्च नत ब्यबस्थापन गर्न सिजलो  उनलाइ काठमाडौमा कक्षा  ११ को फाइनल परिक्षा दियर घर जानू पर्ने भयो।

उनको दाइले एक बर्ष सम्म त सयोग गर्नु भयो सधै तर सधै दाइलाइ सयोग गर्नुस भन्न नि उनले  सकिनान।

यो सबै सोचिन उनले कक्षा १२ को पढाइ गर्न म गाउँ गइन तर गाउको पढाइ त हो केही भयन ४ वटा विषय कटेनी अङ्ग्रेजी अझै कटाउन सके उनलाइ मुस्किल भयो

पढाइ को पिर सङ्गै ऋण ले उनलाइ निकै च्यापेको थियो उनको दाइले मलाई पढाइमा लगाउनु भयको सबै  मैले लगाएको  ऋण चुक्ता गर्नु पर्ने थियो। तेहि मानसिक तनाव ले गर्दा होला मेरो पढाइमा बाधा आयो ।

कक्षा १२ को परिक्षा  दिन आउदा म सङ्ग मात्रै १० रुपया थियो गाउँ बाट काठमाडौ आउन सामान्य खर्च २०००/२५०० लाग्छ तर उनि सङ्ग १० रुपैया थियो।

उनि गाउँ बाट काठमाडौ हिड्न के सुरु गरेकी थिइन उनको भाउजूले हाम्रो पैसा कहिले तिर्ने भन्ने कुरा गरिन उनले  भनिन म जसरी नि तिर्छु।

उनि सङ्ग केही उपाय थियन बिश्वास यति थियो आफू उनि संग भयको मिर्गौला बेचेर नि तिर्छु भन्ने  हेतुले मैले घर छोडे यहि मैदान मा  भेट नै हाम्रौ भेट गाउँ को दाइको छोरा सङ्ग भयो उनले सयोग गरे।

उनको यो सयोगले उनि  जिन्दगीमा कहिल्यै नभुल्दिन उनले नै मलाई मिडियामा आउन साथ दिए उनी उमेरमा म भन्दा सानै छन तर उनले निकै सयोग गरे यो ऋण म कहिले तिर्न सक्दिन होला साहेद आज मलाई धेरै दाजुभाइ दिदिबहिनी हजुरबुबा हजुरआमाहरुले सयोग गर्नु भयो र दाइ को ऋण नि तिरे अहिले को अवस्थामा म काठमाडौ छु ।

काठमाडौ बसाइमा उनिमा भएकाे जातिय बिभेद र उनीमा बढेकाे आत्मबल

दैनिक पुतली सडकको यात्रा खाली तर सुनौला खुसीले भरिएको अनुहारको खुसी उनमा कायम रहने स्वभाव थियो। पारिवारिक पिडा तथा शाररिक पिडाले ओझेलमा पर्छु कि भन्ने कहिल्यै लागेन बरु नयाँ जीवन सडक बाट प्राप्त गर्ने हिम्मत गरिन उनले ।पढाइ सगै संगितिक यात्रामा रमाउने उनको सपना पुरा गर्न हरहमेसा इच्छा प्रकट गर्दा कहिले विगतलाइ सम्झेर बिच्छट्ट हुने मन रमाल्न गाह्रो पर्थ्यो उनलाइ  न घरको नघाटको हुन सकिन भन्ने पिडा मनभरी केलायर देरै दिन बिते उनका मानव श्रर्वश्रेष्ठ प्राणी हो हामीले सकारात्मक मात्र सोच भएका जीवन भोगाइका मात्र भेटौला भनेर काठमाडौमा झर्दा झन असहज तथा अप्ठेरो हुदा उनमा अर्को नर्गिय जीवनको अनुभुति भयो कारण २०७६ साल फागुन २२ गते उनीलाइ ठुलो ब्रजपात भयो।

जातिय बिभेदको सिकार बन्नु पर्या त्यो पनि सरकारी अधिकृत श्रीकृष्ण बिडारी बाट तर पनि उनले हिम्मत हारिन जातिय बिभेद बिरुद्धको लडाइमा हिम्मतका साथ मैदानमा चट्टानी अडान राखेर दिपा नेपाली र उनी मार्चामा लडाइ लड्न तयार भए।

जे होस लडाए स्याल र सिहँको थियन तर राज्यसत्ताको एक अधिकृत र सामान्य नागरिक यो लडाइमा सफलता पाउनको लागी अहिले सम्म मावअधिकार कर्मी नागरिक समाज पत्रकार  वकिल र सिङ्गो दलित समुदायले साथ दिदा चम्तकारिक बिजय तथा ऐतिहासिक सपना बनेको छ दिपा र धनाको जीवनमा ।

उनमा जादुमय स्वरको चर्चा गित संगित   

जीवनमा गायिका बन्छु भन्ने उनमा सबै सपना मरेका भने थिएनान तर आफुमा केही  शाररिक असक्षमता भए देखि केही अधुरा सपना पुरा गर्न  सक्दिन्नकी भन्ने डर सधै मनमा थियो।

स्वरकी धनी गायिका धना बिष्णु माझी कै दर्जामा पर्छिन तर लगानीको अभाव ले मन छिया छिया हुन्थ्यो सधै तर अदम्य साहस र संञ्चार कर्मीको सहयोगले ठुलो सफलता मिल्यो।

उनले अहिले सम्म १सय भन्दा बढी गितमा आवाज दिइसकेकी छिन ।

केही उनलाइ चर्चामा ल्याउने गित संगित

१ नयाँ नेपाली लोक गीत खुसीको संकट

२ महापाप

३आमा

४ भाग्य लेख्ने कलम

५ लकडाउनको बेला आयो तिज

६ अंग अंगमा

७ सुदुरकी मैना

८ सालको पात

९ बधाइ

१० मेरो यथार्थ कहानी

११ मनमा ठुलो घाउ

१२ बादलुको घुम्टो

१३ जोवान

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता