बैशाख २९ गते अध्यक्ष प्रचण्ड सुर्खेत आउने
बैशाख २३ सुर्खेत
बैशाख २९ गते पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउनु हुने भएको छ।
अध्यक्ष प्रचण्ड वाईसीएल कर्णाली प्रदेश समितिकाे बैशाख २९ र ३० गते सम्पन्न हुने ऐतिहासिक प्रथम कर्णाली प्रदेश सम्मेलनलाई सम्बाेधन गर्न कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर सुर्खेतमा आउनु हुने भएको हाे।
कर्णाली प्रदेशकाे वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न हुने याेङ्ग कम्युनिस्ट लिंग नेपाल कर्णाली प्रदेश समितिकाे ऐतिहासिक प्रथम सम्मेलनकाे उद्धघाटन पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वारा हुने भएकोले सम्मेलनकाे तयारीका विषयमा वाईसीएल कर्णाली प्रदेश समितिले पत्रकार भेटघाट कार्यक्रम आयाेजना गर्न लागेकाे संयाेजक शाेभाराम भण्डारीले बताउनुभयो ।
पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे प्रमुख आतिथ्यमा वाइसीएल नेपाल, कर्णाली प्रदेशको यही २०८२ साल बैशाख २९ र ३० गते सुर्खेतमा आयोजना हुन गइरहेको ऐतिहासिक प्रथम प्रदेश सम्मेलनको तयारीस्वरूप २०८२ साल बैशाख २७ गते बिहान ७ बजे माओवादी केन्द्र कर्णाली प्रदेश समितिकाे कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको संयाेजक भण्डारीले जानकारी दिनुभएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा