ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नेपाल दलित मुक्तिमोर्चा सल्यानको दोस्रो बिस्तारित सम्पन्नः संयोजकको जिम्मेवारीमा परियार

नेपाल दलित मुक्तिमोर्चा सल्यानको दोस्रो बिस्तारित सम्पन्नः संयोजकको जिम्मेवारीमा परियार

बैशाख १७ सल्यान

नेपाल दलित मुक्तिमोर्चा सल्यान जिल्ला समन्वय समिति सल्यानको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ।

विज्ञापन

मोर्चाका जिल्ला सचिव लाल बहादुर सुनारको अध्यक्षता तथा प्रदेश सदस्य टेकमान विकको सञ्चालन रहेको वैठकमा प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र केन्द्रिय सदस्य तथा मोर्चाका केन्द्रिय उपाध्यक्ष पुष्प वादीको प्रमुख आतिथ्यता माओवादी केन्द्र कर्णाली प्रदेश समिति सचिवालय सदस्य तथा सल्यान जिल्ला संयोजक मान बहादुर मल्लको विशिष्ट आतिथ्यता  मोर्चाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज मानसिंह विक माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समिति सदस्य तथा शारदा नगर कमिटी अध्यक्ष मोहनलाल बुढाथोकी मोर्चाका प्रदेश सदस्यहरु धनिराम नेपाली मंगल बिक डम्वर परियार पटविर विकको विशेष उपस्थितिमा सल्यानको श्रीनगरमा सम्पन्न विस्तारित बैठकले सल्यान जिल्लाको छैटौ भेला आयोजक समितिको संयोजकमा भिम बहादुर परियारलाइ जिम्मेवारी तोकेको हो।

बैठकमा माओवादी केन्द्र शारदा नगर समिति अध्यक्ष मोहनलाल बुढाथोकी केन्द्रिय सदस्य मानसिंह बिक सल्यान जिल्ला संयोजक मान बहादुर मल्ल र प्रमुख अतिथि पुष्प बादीले समसामायिक राजनितिक विषयमा प्रशिक्षण गर्नु भयो।बैठकबाट सल्यान जिल्लाका १० स्थानिय तह सम्म मोर्तालाइ पुर्याउन र संगठनलाइ क्रियाशिल र संघर्षमा रुपान्तर गरि संगठन सुद्धिकरण गर्न पालिका स्तरिय भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको छ।

जस अनुसार पालिका इन्चार्ज र बैठक मिति

छत्रेश्वरी गाउँपालिका   भिम बहादुर परियार संयोजक         बैशाख  २४ गते

दार्मा गाउँपालिका      धनिराम नेपाली                   बैशाख  २५ गते

कपुरकोट             मंगल बिक                      बैशाख २६ गते

त्रिवेणी               मंगल बिक                               जेठ ८ गते

शारदा               यज्ञ कुमार बिक                      बैशाख २७ गते

कुमाख               पटविर बिक                          बैशाख २७ गते

बाचौर            लाल बहादुर बिक                         जेठ १० गते

बनगाड            रुद्रविर परियार                          जेठ ६ गते

कालिमाटी         डम्वर परियार                            जेठ ९ गते

सिद्धकुमाख          कमला बिक                        बैशाख २९ गते

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता