निवर्तमान कृषि मन्त्री शर्माद्वारा छत्रेश्वरी २ दहखोलाको नवनिर्मित प्रशासकीय भवन तथा प्रसुती सेवा केन्द्र भवन समुदघाटन
मिति २०८१ फागुन २४
कर्णाली प्रदेश सकारका निवर्तमान कृषि मन्त्री भिम प्रकाश शर्माद्वारा छत्रेश्वरी २ दहखोलाको नवनिर्मित प्रशासकीय भवन तथा प्रसुती सेवा केन्द्रको शिलान्यास तथा रिवन काटेर भवनको समुदघाटन गर्नुभएको छ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक बर्ष २०८०।०८१को विनियोजित बजेट रु ४० लाख बाट निर्माण कार्य सम्मन्न भएको प्रशासकीय भवन तथा प्रसुती सेवा केन्द्रको निवर्तमान कृषि मन्त्री शर्माले छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्धा कमारी खत्रीको विशिष्ट आतिथ्यमा समुदघाटन गर्नुभएको हो।
अहिले गाउँगाउँमा मातृशिशुहरु सुरक्षित गर्ने अभियान थालिएको छ यहि अभियानमा प्रदेश सकारले आधारभूत स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन भवन निर्माणमा पहल गरेको बताउदै यो बन्ने र बनाउने काम यो संघियता सगै सुरु भएको हो भन्न पनि सबैलाइ अनुरोध गर्नु भयो।
हिजो सुत्केरी आमाहरु मकै बारीमा सत्केरी भएको मेलापात बनजंगलमा सुत्केरी भएको हामीले हाले सुने भोगेका छौ यो अवस्था भोग्न दिन प्रदेश सरकारले गाउँ गाउँमा स्थानीय सरकार संग समन्वय गरि नागरिको स्वास्थ्य सेवामा काम थालेको र प्रदेश सकारको मन्त्री हुँदाकै समयमा सल्यान जिल्लामा धेरै विकास कार्य थालनी गरेको जीकीर गर्नुभयो।
समुदघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै निवर्तमान कृषि मन्त्री शर्माले ११५ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिनुहुदै आजको दिन प्रशासकीय भवन तथा प्रसुती सेवा केन्द्र समुदघाटन गरिनु एक महत्वपुर्ण दिनको रुपमा दिनको रुपमा लिएको बताउदै प्रसुती सेवा केन्द्रले महिला अधिकार र बालसुरक्षा तथा मातृशिशुको जिवन रक्षा गर्ने ठुलो योगदान पुर्याउने भएकोले महिला दिवसको दिन यसको खास अर्थ रहेको जीकीर गर्नुभयो।
विश्वभरीका महिलाहरु आज स्वतन्त्र भएको दिन ११५ बर्ष अगाडी फर्केर हेर्ने हो भने महिलाको जीवन र अस्तित्व नै नरहेको बताउदै यसको जन्मदाता कलारा जेन्टिन सहित नेपालमा महिला मुक्तिका लागि योगमाया न्यौपानेको ठुलो भूमिका रहेको बताउनु भयो।
लैङ्गिक असमानता सगै मौलाएको पृतिसत्ताको वंशीय राजनितिले के नेपालमा महिला मुक्ति दिएको थियो त उहाँले प्रश्न गर्दै महिला हरुलाइ राजकीय पद राजनैतिक अधिकार साँस्कृतिक अधिकार प्रशासकीय अधिकारका निम्ती महिलाहरुले गरेका २००७ साल देखि २०५२ सालबाट थालिएको महान जनयुद्धबाट पहिलो पटक महिला मान्छे भएको बताउनु भयो।
जनयुद्धले जातीय असमानता लंङ्गिक असमानता सगै क्षेत्रिय उत्पीडन अन्त्य गर्यो।
जनयुद्धको जगमा दिन २०७२ साल असोज ३ गतेबाट महिला दलित उत्पीडित समुदाय मान्छेको रुपमा नयाँ जीवन प्राप्त गरेकोले उत्पीडितको मुक्तीमार्ग नै २०७२को संविधान भएको उहाँको जोड थियो।
निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले सभालाइ सम्बोधनको क्रममा लान्ती लेखपोखरा दहखोला गुराँसे झ्याम सडक प्रदेश लोकमार्गको रुपमा बिकास गर्न पहल गरेको बताउनु भएको छ।
प्रदेश सकारले संघीय सडक कार्यालयबाट प्रदेश लोकमार्गको रुपमा एक पालिका बाट अर्को पालिका जोड्ने सडकहरुलाइ प्रदेश लोकमार्यको रुपमा विकास गर्न सबै योजना तथा सर्वेका काम सम्पन्न गरेकाले लान्ती लेखपोखरा दहखोला गुराँसे झ्याम दमाचौर मोखला सडकलाइ प्रदेश लोकमार्गको रुपमा विकास गर्न पहल गरेको र काम छिटै थालनी हुने बिश्वास दिनुभएको छ।
साथै ११५ औ श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएका खुल्ला नृत्य प्रतियोगिता वक्ततित्व प्रतियोगिता तथा आमा समुहका नृत्य झाँकी नाच प्रस्तुत गरिएका कार्यक्रमा सहभागि भएका २८ आमा समुहलाइ प्रसंशा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको कार्यक्रमा वक्तित्व प्रतियोगितामा टोल नं १ की नविना भण्डारी प्रथम टोल नं ५ की ज्ञानी घर्ती द्धितिय टोल नं ३ की विनिता खडका तृतिय टोल नं ४ बाट शुसिला बिक सन्तोवना हुनुभएको थियो त्यस्तै एकल नृत्यमा लक्ष्मी बिक टोल नं १ प्रथम बिमला भण्डारी द्धितिय टिका भण्डारी तृतिय र ईशा खडका सान्तोवना लाइ नगद पुरस्कार तथा प्रशंसा पत्र अतिथि प्रेम बहादुर खडका डिल्ली केसीले प्रदान गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष प्रेम बहादुर नेपालीले गर्नुभएको कार्यक्रको सञ्चालन कार्यलय प्रमुख चुडामणि बस्नेतले गर्नुभएको थियो।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा