प्रचण्डद्वारा निर्वाचित उम्मेदवारलाई बधाई तथा मतदाताहरुमा धन्यवाद ज्ञापन
मंसिर १८ काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानिय तह उप निर्वाचन २०८१मा निर्वाचित जनप्रतिनिधिहरुलाइ बधाइ ज्ञापन गर्नु भएको छ।
स्थानिय तह निर्वाचनमा पार्टी कार्यदिशा र निर्वाचनको मुख्य एजेण्डा जनतामाझ पुर्याउन अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ताहरु सगै आम मतदाताहरुलाइ प्रेश विज्ञप्ति मार्फत हाम्रो पार्टीका नेता कार्यकर्ता, हाम्रो पार्टीलाई मायाँ गरी जनमत निर्माणमा योगदान गर्ने सम्पूर्ण तह र तप्काका जनसमुदाय तथा निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन दिनुभएको हो।
प्रेश विज्ञप्तिमा भनिएको छ हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो ।
खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं ।
निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त प्रचण्डले दावी गर्नु भएको छ।
विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ ।
हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको छ ।
अन्त्यमा, यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ।
प्रेश नोट
#प्रचण्डद्वारा निर्वाचित उम्मेदवारलाई बधाई तथा मतदाताहरुमा धन्यवाद ज्ञापनसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा