ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
उपनिर्वाचन कर्णालीमा काँग्रेस वडामै खुम्चियोः माओवादी पहिलो,एमाले दोस्रो

उपनिर्वाचन कर्णालीमा काँग्रेस वडामै खुम्चियोः माओवादी पहिलो,एमाले दोस्रो

मंसिर १८ कर्णाली

मंसिर १६ गते सम्पन्न स्थानिय  तह निर्वाचन २०८१को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा माओवादी केन्द्र सबै निर्वाचन क्षेत्रमा बलियो देखिएको छ।

विज्ञापन

सत्तामा रहेका काँग्रेस एमालेले माओवादी केन्द्रलाइ हराउन देशका सबै निर्वाचन क्षेत्रमा घोषित रुपमा गठबन्धन गर्दा पनि देश भरको मतपरिणामले माओवादी केन्द्र उत्साहित भएको छ

उपनिर्वाचन भएका कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्रले  १/१ पदमा विजयी भएका छन।

माओवादीको आधार क्षेत्रको रुपमा रहेका कर्णाली  र लुम्बिनी प्रदेशमा पनि यो निर्वाचनमा माओवादी केन्द्र नै  स्थापित भएको छ।

कर्णालीमा ८ पदका लागि ४१ प्रतिष्पर्धि विच भएको निर्वाचनमा काँग्रेसले २०७९ सालमा जितेका जाजरकोटको नलगाड नगरपालिका र दैलेखको महाँवु गाउँपालिका अध्यक्ष र उप प्रमुख पद गुमाउदै काँग्रेस वडामै खुम्चिदा माओवादी केन्द्र पहिलो र एमाले तेस्रो भएको हो।

कर्णालीमा  कुन दलले  कति स्थान विजयी गरे

१.जाजरकोट : नलगाड नगरपालिका उपप्रमुख माओवादी केन्द्र देबका लामिछाने ४ हजार २ सय ७२ मत सहित विजयी हुँदा काँग्रेसकी इन्द्रा चन्द सिँहले  ३ हजार १ सय ४७ मत प्राप्त गरिन ०७९ मा नलगाड नगरपालिका  कांग्रेसले जितेको थियो।

२.हुम्ला : सुर्केगाढ गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्रका  देवकी तिमिल्सिना १ हजार ६ सय ३७ मत सहित  विजयी हुँदा काँग्रेसका उम्मेदवार सविता बुढाले १ हजार ५ सय ९२ मत प्राप्त गरिन  यो पालिका ०७९ मा माओवादीले नै जितेको थियो

३.दैलेख : महाबु गाउँपालिका अध्यक्ष  नेकपा एमालेका जंग बहादुर शाहीले ३ हजार १ सय २७ मत प्राप्त सहित विजयी हुँदा काँग्रेसका उम्मेदवारले २ हजार ६ सय ७५ प्राप्त गरेका छन   यो पालिका ०७९ मा कांग्रेसले जितेको थियो।

वडाहरु

१.रुकुम पश्चिम : सानीभेरी गाउँपालिका वडा नम्बर ५काँग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत सहित विजयी हुँदा माओवादी केन्द्रका उम्मेरदवार जसीराम बस्नेतले ५३७ मत प्राप्त गरेका छन जहाँ काँग्रेस एमालेको गठबन्धन भएको थियो यो वडा ०७९ मा कांग्रेसले  नै जितेको थियो।

२.जाजरकोट : कुसे गाउँपालिका वडा नम्बर ७ काँग्रेसका खम्ब बहादुर शाहीले ३४७ मत सहित  विजयी हुँदा माओवादी केन्द्रका गोरख बहादुर नेपालीलले ३३२ मत प्राप्त गरेका थिए (०७९ मा माओवादीले जितेको )

३.दैलेख : दुल्लु नगरपालिका वडा नम्बत्रर १३ एमालेका उम्मेरदवार लाल बहादुर शाहीले ५७४ मत सहित विजयी हुँदा काँग्रेसका उम्मेरदवार रेशम बहादुर शाहीले ५७१ मत प्राप्त गरेका छन  यो वडा ०७९ मा एमालेले  नै जितेको थियो।

४.कालीकोट : तिलागुफा नगरपालिका वडा नम्बर ४ नेमकिपाका खडग राज शाहीले १४१ सहित विजयी हुँदा माओवादीका उम्मेदवार नैनशोभा शाहीले ११५ मत प्राप्त गरिन  यो वडा ०७९ मा माओवादीले जितेको थियो।

५.डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ माओवादी केन्द्रका नर बहादुर झाँक्री  १६१ मत प्राप्त गर्दा एमालेका  नर बहादुर रोकाले ११६ मत प्राप्त गरे यो वडा  ०७९ मा एमालेले जितेको  थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता