ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी

हुम्ला  मंसिर १७

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी  तिमल्सिना विजयी भएकी छन् ।

विज्ञापन

खसेको कुल ४ हजार ५२४ मतमध्ये माओवादीकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी सविता बुढाले १५ सय ९४ मत ल्याएकी छन् यस्तै एमालेका जाना शाहीले ११ सय ३२ मत प्राप्त गरेकी छन् भने राप्रपाले ५१

रास्वपाले २५ र स्वतन्त्र उम्मेदवारले ९ मत ल्याए । यस्तै ७८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले रातोपाटीलाई बताए ।

०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले ३ हजार २६९ मत ल्याएर जितेका थिए ।  केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।  माओवादीले उक्त सिट अहिले पनि सुरक्षित राख्न सफल भएको छ ।

को हुन् निर्वाचित देवकी 

निर्वाचित भएकी तिमल्सिनाले माओवादीले थालेको सशस्त्र युद्धकै बेला रेडियो गणतन्त्रमा काम गरेकी थिइन् । पार्टीमा समीक्षा नामले चिनिने उनी साहित्यकार, लेखक तथा ग्रामीण समाजको गहिरो अध्ययन गरेकी महिला नेतृ हुन् ।

सर्केगाड नगरपालिका–८, रादेउ निवासी देवकीले विभिन्न संघ, संस्थाहरूको विभिन्न पदमा रहेर अनुभव बटुलेकी छन् । पोलिटिकल साइन्समा एमए गरेकी उनी हाल माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य छिन् ।

मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशको राष्ट्रिय सल्लाहकार समेत रहेर कर्णालीको समाज र यहाँको आवश्यकताबारे जानकार छिन् । कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत भइसकेकी उनी पूर्व पत्रकार हुन्, उनले रेडियो गणतन्त्र नेपालमा २०६० देखि ०६३ सम्म काम गरेकी थिइन् ।

यस्तै उनले नौलो जनसन्देश दैनिक नेपालगञ्जको संवाददाता, नयाँ कर्णाली मासिक पत्रिकाको कार्यकारी सम्पादक, रेडियो मिरमिरेमा रेडियो पत्रकारका रूपमा काम गरेकी थिइन् ।

माओवादीको मुखपत्र जनादेश दैनिकमा समेत काम गरिन् उनले । उनले लैङ्गिक समानता, सामाजिक रूपान्तरणका विभिन्न तालिमहरू लिएर समाजको गहिरो अध्ययन गरिरहेकी छन्