जनयुद्धको वटालियन कमिसार हुदै नलगाड नगर उपप्रमुख सम्मः देबिका
मंसिर १७ जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रकी उम्मेदवार विजयी भएकी छन् ।
आइतबार भएको स्थानीय तहको उपचुनावको मत परिणामअनुसार माओवादी केन्द्रको उम्मेदवा देवका लामिछाने ४ हजार दुई सय ७२ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।
उनी संग कांग्रेसकी इन्द्रा चन्द सिंह पराजित भएकी हुन ।कांग्रेसकी सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् ।
२०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । कांग्रेस-माओवादी गठबन्धनबाट उपाध्यक्ष पाएको कांग्रेसले यसपटकको चुनावमा आफ्नो विरासत जोगाउन सकेन
को हुन देबीका लामिछाने (शोभा)
जन्मथलो सल्यानबाट २०५० सालमा जनमोर्चाकाल देखि नै विद्यार्थी संगठनबाट राजनितिमा होमिएकी देबिका बैवाहिक सम्बन्ध जाजरकोटमा भए पछि पहिलो पटक जाजरकोट जगतीपुरको छिप्रेनाबाट ८ महिने दुधेबालक लाई स्थानिय महिलाको साथमा छोडेर जाजरकोटका उत्पीडित समुदायको बर्गीय मुक्तिको लागि जनयुद्धमा होमिएको उनल बताइन।
जनयुद्धबाट बर्गिय जातिय मुक्ति हुदै राज्यको शाससकीय संरचनामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न जनयुद्धको बाटो रोजेकी देबिका २०५६ साल देखि जाजरकोट डोल्पाका बिभिन्न क्षेत्रमा जनता संग जनयुद्धको सहयात्रीको रुपमा काम गरेको बताउँछिन।
३ पटक अनेमा संघ क्रान्तीकारी जाजरकोट जिल्ला अध्यक्षको जिम्मेवारी समालेकी उनले जनयुद्धको शैन्य मोर्चामा कम्पनी कमाण्डर हुदै बटालियन कमिसारको भूमिका निर्वाह गरेको बताईन।
पार्टीको शैन्य मोर्चा हुदै देबिकाले पार्टीले दिएको जिम्मेवारी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुरमा जन संगठन निर्माणमा सफलता पुर्वक जिम्मेवारी निर्भाह गरेकी देबिकाले पत्रकारितामा पनि राम्रै दखल राखेकी छिन।
देबिका प्रेस सेन्टर कर्णाली प्रदेश उपाध्यक्ष हुदै पत्रकार महासंघ कर्णाली प्रदेश सदस्यको भूमिका रहेर कर्णालीका कथा र ब्यथालाई राम्रै संग बुझेको बताईन ।
देबीका अहिले पार्टी प्रदेश समिति सदस्य तथा अनेमा संघ क्रान्तीकारी कर्णाली प्रदेश उपाध्यक्षको भूमिका रहेकी छिन।
#जनयुद्धको वटालियन कमिसार हुदै नलगाड नगर उपप्रमुख सम्मः देबिका
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा