कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मत पारित
असार २१ सुर्खेत
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सर्वसम्वत पारित भएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ४१ करोड बराबरको बजेट ल्याएको थियो ।
केन्द्रमा सत्ता समीकरण फेरिए पनि कर्णालीमा भने सबै दलको सहमतिमा बजेट पारित भएको छ ।
#कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मत पारितसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा