सल्यानको दार्मामा भूकम्पबाट प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण

सल्यानको दार्मामा भूकम्पबाट प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण

प्रकाश शर्मा दार्मा  /असार २० सल्यान।

सल्यानको दार्मामा भूकम्प प्रभावित विद्यार्थीलाइ शैक्षिक सामग्री वितरण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजनामा तथा कर्णाली भूकम्प पुर्नलाभ कार्यक्रम अन्तर्गत हङकङ रेडक्रसको आर्थिक सहयोगमा दार्मा गाउँपालिका सल्यानका भूकम्पवाट प्रभावित ५ वटा सामुदायिक विद्यालयका ७ सय ८० जना बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको हो।

भूकम्प प्रभावित बालबालिकाहरुलाइ गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले प्रति विद्यार्थी  रु  ४ हजार ३ सय रुपयाँ बराबरको शैक्षिक सामग्री कीट  हस्तारण गर्नु भएको छ।

सामग्री वितरण कार्यक्रममा सामाजिक विकास शाखा सभापति पुस्पाञ्जलि मगर ,नेपाल रेडक्स सोसाईटी दार्मा उपशाखा सभापति अनन्त प्रसाद शर्मा शिक्षा शाखा सहायक रोम प्रसाद पान्डेय लगातको उपस्थिति  रहेको थियो

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनायर गएको भूकम्प ले सल्यानको दार्मामा ठुलो संख्यामा भौतिक क्षति भए सगै  विध्यालयका विध्यार्थीहरु प्रभावित भएका थिए।

भूकम्पवाट प्रभावित बालबालिकाहरुलाइ सामन्य अवस्थामा ल्याउन शिक्षा स्वास्थ्यमा समारात्मक सन्देश दिन भूकम्प प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्रीहरु अन्तर्गत सुचना सामाग्री , ज्यामिती बकस १ ,टिफिन बकस१ , वोतल १ कपि१ दर्जन ,खेल सामग्री र्याङ्कोट १ सेट , पेन्सिल १ दर्जन र ब्याक १ ओटा प्रति कीट ४ हजार ३ सय रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरिएको रेडक्रस सोसाइटी  कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अधिकृत जगत तामङले जानकारी दिनुभयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता