पर्यटन प्रवर्द्धनमा सल्यानमा पार्क इन्ट्री गर्ने साइवर फरक भयोःशर्मा
असार १८ सुर्खेत
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको अठारौं बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०८१’ अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका शीर्षकहरु माथिको छलफलमा भाग लिनुभएका प्रदेश सकारका निवर्तमान कृषि मन्त्री भिम प्रकाश शर्माले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रर्वद्धनमा सल्यानमा पार्क इन्ट्री गर्ने साइवर फरक भएको कटाक्ष गर्नु भएको छ।
अन्य जिल्लामा पार्क इन्ट्री हुने तर सल्यानमा पार्क इन्ट्री नगर्ने साइवर फरक भएको कटाक्ष गर्दै शर्माले कर्णालीको पर्यटन प्रवर्द्धनमा पर्यटन विकास वोर्ड गठन गर्न माग गर्नु भयो।
कर्णाली प्रदेश सरकारले कृषि,पर्यटन र वन मार्फत प्रदेशको समृद्धि गर्ने लक्ष्य लिएको कुरा कर्णाली प्रदेशवासी सबै नागरिकहरुलाइ थाहा छ तर सरकारले नागरिक तथा मतदाता प्रति अपमान गर्ने खोजेको गुनासो गर्नुभयो।
राम्रा कामलाइ नितिमा समावेश गर्न सकेको भए राम्रो हुनेमा हामी कसैले शंका गर्न नहुने बताउदै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लिएको कार्यक्रम जगदुल्ला चौरी फर्म जाजरकोटको मौरी विकास कार्यक्रम कटौती गर्नुले कृषि समृद्धिमा पछौटे पन हुने बताउदै र खाद्य ब्यापार कम्पनी संग रैथाने वाली प्रशोधन कार्यक्रमलाइ ट्यान्डर प्रकृयामा लैजान आग्रह गर्नु भयो।
#पर्यटन प्रवर्द्धनमा सल्यानमा पार्क इन्ट्री गर्ने साइवर फरक भयोःशर्मासामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा