ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरीको तेश्रो अध्यक्ष कप प्रतियोगितामा वडा नं १ प्रथम

छत्रेश्वरीको तेश्रो अध्यक्ष कप प्रतियोगितामा वडा नं १ प्रथम

सल्यान, १८ असार ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा सम्पन्न तेश्रो अध्यक्ष कप अन्तर्गत सबै खेलकुद प्रतियोगिताहरु  सम्पन्न भएका छन् ।

विज्ञापन

मंगलबार  भटेचौरमा सम्पन्न गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर १ ले पहिलो स्थान हाँसिल गरेको छ ।

यस्तै वडा नम्बर ४ ले दोश्रो र वडा नम्बर २ ले तेश्रो स्थान हाँसिल गरेको गाउँपालिकाले जनाएको छ ।

पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

अध्यक्ष कप अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा भिमसेन बुढा र प्रदीप चन्दको समूह पहिलो तथा नेव बहादुर रावत र शुकलाल बुढाथोकीको समूह दोश्रो भएको छ ।

विजेतालाई क्रमशः १० हजार र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै ब्याडमिन्टन प्रतियोगितामा भरत बस्नेत र विजन वली तथा हेमराज केसी र माधन खड्काको समूहले सान्तवना स्थान हाँसिल गरेको थियो । सान्तवना स्थान ल्याउने खेलाडीहरुलाइ पनि नगद एक हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट भलिवल खेलाडीको रुपमा अभिषेक चन्द र उत्कृष्ट व्याडमिन्टल खेलाडीको रुपमा विजन वलीलाई पुरस्कृत गरिएको थियो ।

स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्दै परिश्रमि खेलाडीहरु उत्पादन संगै खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गरेको हो ।

तेश्रो गाउँपालिका अध्यक्ष कप अन्तर्गत सञ्चालन गरिएको महिलाहरुको एकल नृत्य प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई सोमबार नै पुरस्कार वितरण गरिएको थियो ।

समापन समारोहमा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, कार्यपालिका सदस्य तुल्सा विक लगाएतले पुरस्कार प्रदान गरेका हुन् ।

भलिवल प्रतियोगिताको निर्णायकमा कैलाश चलाउने र सुरेश घर्ती, ब्याडमिन्टन प्रतियोगिताको निर्णायकमा दिपक बुढाथोकी र ज्योती सुनार तथा नृत्य प्रतियोगिताको निर्णायकमा भरत रोकाय, कल्पना डाँगी र कमला घर्ती रहेका थिए । समापन कार्यक्रमको सहजिकरण खडग शाहीले गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता