ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सरकारको निति तथा कार्यक्रममा सहिदहरुको परिभाषा र नारा फेरियोः निवर्तमान कृषि मन्त्री शर्मा

सरकारको निति तथा कार्यक्रममा सहिदहरुको परिभाषा र नारा फेरियोः निवर्तमान कृषि मन्त्री शर्मा

जेट २६ सुर्खेत

कर्णाली प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रमले सहिदको परिभाषा फेरिएको प्रति निवर्तमान कृषि मन्त्री भिम प्रकाश शर्माले आपत्ती जनाउनु भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आठौं बैठकमा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा प्रदेश सरकारका निवर्तमान कृषि मन्त्री शर्माले सरकारको नेतृत्व परिवर्तन सगै आन्दोलनको मर्म  र क्रान्तीको परिभाषा र राष्ट्रिय सहिदहरुले गरेको बलिदानको परिभाषा परिवर्तनले आन्दोलन र क्रान्ती र सहिदहरुको सच्चा सम्मान नहुने बताउदै परिभाषा फरिएको प्रति आपत्ती जनाउनु भएको हो।

निति तथा कार्यक्रमले कर्णालीको मर्म बोल्नु पर्छ तर कर्णालीको संस्कृति र मर्मविपरित जान निति तथा कार्यक्रमले छुट नदिएको जीकीर गर्नुभयो।

कर्णाली भाषा तथा संस्कृतिको उत्पती भएको क्षेत्र हो नेतृत्व परिवर्तण सगै भाषा परिवर्तण गर्नुले निति तथा कार्यक्रमले भाषा र संस्कृति प्रति प्रश्नचिन्ह खडा गरेको बताउदै हाम कुडा हाम मुख्यमन्त्री  भन्ने भाषाले कर्णालीको पहिचान झल्काउने भएकाले कर्णालीको पहिचानमाथी सुद्धता खोज्न र आफुअनुकूल नवनाउन आग्रह गर्नुभयो।

निति तथा कार्यक्रले बजेट केन्द्रित भन्दा बिकेन्द्रीकरण गर्न खोज्नुले सत्तामा हुदा एउटा बोली नहुदा अर्को बोली बोल्नुले  सुशासनमा प्रश्नचिन्ह खडा गरेको बताउदै १६ लाख बजेट विनियोजित गर्दा भ्रष्ट्राचार  नहुने तर  १० लाख बजेटबाट भ्रष्ट्राचार हुने आधार नभएकोले निती र कार्यक्रममले बिरालो बाँधेको संकेत गरेको बताउनु भयो।

१५ दिन भन्दा अगावै निति तथा कार्यक्रम ल्याउन सके निति अनुसार कार्यक्रम बनाउन सहज हुने भएकोले अर्को बर्षदेखि यसको सुरुवात गर्न सके निती र बजेटमा तालमेल हुने बताउनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता