सल्यानमा अझै बाटोमै हुन्छन सुत्केरी

सल्यानमा अझै बाटोमै हुन्छन सुत्केरी

जेठ २२ गते सल्यान

सल्यान जिल्लाको पुर्वी रोल्पाको सिमाना संग जोडिएको छत्रेश्वरी गाउँपालिका वडा नं २ मा वर्थिङ्ग सेन्टरको लागि भवन नहुँदा २ घण्टाको पैदल यात्रामा सुत्केरी हुन बाद्य सुत्केरी आमाहरु प्रसुती सेवा केन्द्र नपुग्दै वीचबाटोमा सुत्केरी हुने गरेका छन।

साविकको दमाचौर गा.वि.स.को  रुपमा रहेको एक वटा बर्थिङ्ग सेन्टरमा प्रसुती हुन जाँदा हाल छत्रेश्वरी गाउँपालिका वडा नं २ का सुत्केरी आमाहलाई अपाएक पर्ने १ नं प्रसुती सेवा केन्द्रमा नै सुरक्षित प्रसुती सेवा लिन  जाँदा पालिकाकी वडा नं २ की भीमा विक बीचबाटोमै सुत्केरी भएकी हुन।

प्रसुती व्यथा लागेपछि सुरक्षित प्रसुती सेवा लिन  वडा नं १ को प्रसुती सेवा केन्द्र जान लागेकी वडा नं २ की भीमा  विक भगवती आधारभूत विद्यालय दहचौरको पुरानो भवन नजिक वडा नं २ का स्वास्थकर्मीहरु अ. न. मी. सन्जीता बुढा मगर र कार्यालय सहयोगी कल्पना वलीबाट बीच बाटोमै सुरक्षित मातृत्वको स्याहार सहित शिशुलाइ जन्म दिएकी छिन।

छत्रेश्वरी गाउँपालिकाले सुरक्षित प्रसुती सेवा लागि दिन वडा नं २ मा कर्मचारी व्यवस्था गरेको छ  तर भवन अभाव हुदा सुरक्षित प्रसुती सेवा लिनको लागि वडा नं १ मा नै जानु पर्ने वाद्यता भएको कार्यालय प्रमुख चुडामणि बस्नेतले बताउनु भयो।

बाटोमै पुगेर स्वास्थ्यकर्मीले  सुत्केरी आमालाइ प्रसुती सेवा दिएका छन भन्नुहुन्छ बस्नेत सेवाका लागि कठीन भूगोल  एम्वुलेन्स सेवाको अभाव बाट नै २ घण्टा हिडेर सुत्केरी आमा प्रसुती सेवा लिन जाँदा बीचबाटोमै ४ जना सुत्केरी आमालाइ प्रसुती सेवा दिएको कार्यलय प्रमुख बस्नेतले जानकारी दिनुभयो।

भवन अभाव छ सुत्केरी आमालाइ सुरक्षित प्रसुती दिन २४ सै घण्टा सेवामा हुनु पर्छ तर भव अभाव कर्मचारी कोठाभाडामा बस्नु पर्ने जस्ता समसस्याका कारण भवन माग गर्दा पनि भवन निर्माण प्रक्रियामा कुनै चासो स्थानीय र प्रदेश सरकारबाट नहुँदा  सुरक्षित प्रसुती सेवा दिन कठिन भएको बस्नेत बताउनु हुन्छ।

अहिले सम्म सुरक्षित प्रसुती सेवाकोलागि  वडा नं १ मा नै जानु पर्ने बाद्यता भएको र भवन समस्या सामाधान गर्न सबै सरोकारवालाहरु संग पहल थालेको वडा नं २का वडा अध्यक्ष प्रेम वहादुर नेपालीले बताउनु भयो।

२ नं वडाबाट नं सुरक्षित प्रसती सेवाको काम थालनी गर्न पालिका बाट कर्मचारी व्यवस्था गरि सकेका छौ तर भवन संरचना विना स्वास्थ्य कर्मीहरुले सहज सेवा दिन कठिन भएको र यसका लागि स्थानीय सरकारमा जोडदार कुरा उठाएको  र थप पहलका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संग माग गरेको वडा अध्यक्ष नेपालीले बताउनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता