स्थानीय सरकारले दिएको मापदण्ड अनुसार आयोजनाको काम थालनी हुन्छः कृषि मन्त्री शर्मा

स्थानीय सरकारले दिएको मापदण्ड अनुसार आयोजनाको काम थालनी हुन्छः कृषि मन्त्री शर्मा

असार ३१ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले स्थानीय सरकारले छनोट गरेको मापदण्डअनुसार आयोजनाको काम थालनी हुने बताउनु भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय पहाडी क्षेत्र काष्ठफल तथा फलफुल बिकास आयोजना कार्यालय एकाई  सुर्खेतको आयोजनामा सञ्चालन गरिएको स्थानीय तहका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई आयोजना सम्बन्धि  अभिमूखीकरण गोष्ठीको उद्धघाटन गर्दै मन्त्री शर्माले पहाडी काष्ठ फल तथा फलफुल बिकास आयोजना स्थानीय सरकारले निर्धारण गरेको मापदण्डअनुसार सञ्चालन गरिने बताउनु भएको  हो।

आयोजनाले स्याउ उत्पादनमा करिव करिव १हजार ४ सय ५० हेक्टर क्षेत्रफल ,सुन्तला ३५० हेक्टर क्षेत्रफल ,ओखर ६०० हेक्टर क्षेत्रफल ,पिकानटस १०० हेक्टर क्षेत्रफल र बदाम १०० हेक्टर  क्षेत्रफल जग्गामा उत्पादन गर्ने परियोजनको ७ बर्षिय लक्ष्य रहेकाले यसको वास्तविक कार्यान्वयनमा गम्भीर हुन सबै स्थानीय पालिका प्रमुख,आयोजनाका प्रमुखहरुलाइ निर्देशन गर्नु भयो।

स्थानीय पालिका प्रमुख,उपप्रमुख  तथा सहभागी बाट जिपिएस प्रणालीबाट गरिएको परियोजना जस्तो गरि सञ्चालन त हुदैन भन्ने प्रश्नमा मन्त्री शर्माले परियोजनामा केही त्रुटि भएको  भएता पनि यसको कार्यान्वयनमा अग्र अधिकार स्थानीय तहलाई नै अख्तियारी दिएकाले कार्यान्वयन थप सहजता भएको  बताउनु भयो।

राजनीति गर्नेले आफु निकट, तथा कार्यकर्ता मुखी योजना  र कार्यक्रम बनाउने गुनासो पटक पटक आउने भएकोले  यस परियोजनाले कार्यकर्ता भन्दा उत्पादनमा जोड दिएकाले कार्यकर्ता भन्दा उत्पादन पकेट क्षेत्र छनोट गर्न निर्देशन गर्नु भयो।

कर्णाली प्रदेश सरकारले एक उत्पादन अनेक स्वामित्वको नीति लिएकोले सोही अनुरुप स्थानीय तहले कार्यान्वयन गर्न आवश्यक मापदण्ड तयार पारेर कार्यक्रमले लिएको लक्ष्य पुर्ति गरि उत्पादन वृद्धि बजार र बजारीकरणको लागि परियोजनाले निर्धारण गरेका ६ स्किम  क्रियाकलाप बाट कृषिमा पोत्साहान गर्ने बताउदै स्किम अनुसारका कार्यक्रम तय गरि कृषको जीवनस्तरमा सुधारमा गर्ने परियोजनाको मुख्य उदेश्य रहेको बताउनु भयो।

प्रदेश सरकार,स्थानीय सरकार वा परियोजनाले कृषकको जीवनस्तर व्यबहारमा परिवर्तन गर्ने सोचका साथ कार्यक्रम र क्रियाकलाप सञ्चालन गर्ने भएकोले  अब ब्यबहारिक र परम्परागत सोचभन्दा माथी उठेर काम गर्ने समय आएको बताउनु भयो।

सन २०२२ देखि २०२९ सम्म सञ्चालन हुने आयोजनालाई दुई चरणमा बिभाजन गरि आयोजना सञ्चालन गरिने भएको छ।

जस अनुसार ब्याच १ र व्याच २ गरि  दुईचरण सञ्चालन हुने आयोजनाको पहिलो चरणमा सल्यान,रुकुम पश्चिम,जाजरकोट दैलेख र जुम्ला र ब्याच  २ मा कालिकोट,जुम्ला,मुगु,हुम्ला र डोल्पा जिल्लामा सञ्चालन हुनेछ।

पहिलो चरणमा सञ्चालन हुने ५ जिल्लाका ११ पालिकाहरु

सल्यान

सिद्धकुमाख , शारदा

रुकुम पश्चिम

बाफीकोट ,मुसिकोट, र सानीभेरी

जाजरकोट

छेडाघाट,जुनिचाँदे

दैलेख

आठबिस, नारायण र चामुण्डाविन्द्रशैनी

जुम्ला

सिजा गाउँपालिका

ब्याच २ दोस्रो चरणमा सञ्चालन हुने

कालिकोट

शुभकालिका , नरहरीनाथ

जुम्ला

हिमा,कनकासुन्दरी

मुगु

खत्याड, सोरु

हुम्ला

ताँजाकोट ,अदानचुली

डोल्पा

मुडकेचुला

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता