भौतिक संरचना मात्रै हैन बिद्यार्थी मैत्री शैक्षिक वातावरण निर्माण गर्न आवश्यक छ: मन्त्री शर्मा

भौतिक संरचना मात्रै हैन बिद्यार्थी मैत्री शैक्षिक वातावरण निर्माण गर्न आवश्यक छ: मन्त्री शर्मा

असार २१ सल्यान

 

विज्ञापन

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले भौतिक संरचना मात्रै हैन बिद्यार्थी मैत्री शैक्षिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ।

जिल्लाको बागचौर नगरपालिका वडा नं ३ मा अबस्थित अमर ज्योति माध्यमिक विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको ४ कोठे पक्की भवनको समुद्धघाटन गर्दै मन्त्री शर्माले भौतिक संरचनामात्रै निर्माण गर्ने सोचमा परिवर्तन नगरे शैक्षिक अबस्थामा सुधार नहुने भएकोले विद्यार्थी मैत्री शैक्षिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनु भएको हो ।

भवन छ बिद्यार्थी छैन ,खेलमैदान छ खेलाडी छैन बिद्यार्थी  छ गुणस्तरीय शिक्षा छैन यस्ता समस्या भएको अभिभावकले पटक पटक गुनासो गरेकाले यस वारे आफ्नो गम्भीर ध्याणाषर्कण भएको बताउनु भयो।

अहिले अभिभावकले आफ्ना बालबालिकालाई निजि बिद्यालयमा दाङ र अन्य जिल्लामा  पढाउन किन तयार छन के हाम्रो सामुदायिक विद्यालयमा दक्ष शिक्षक र गुणस्तरिय शिक्षा नभएर  हो भन्ने प्रश्न गर्दे अव भौतिक संरचनामा मात्रै परिवर्तण हैन बालबालिकाको शैक्षिक अवस्था सुधारमा गुणस्तर ल्याउन योजना सहित इच्छाशक्ति निर्माणको आवश्यक्ता भएको बताउनु भयो।

शिक्षामा लगानी गर्न सरकार  तयार छ तर बिद्यालयमा शैक्षिक वातारण निर्माण गर्न बिद्यालय प्रशासन ,ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघ ले अवको  प्रविधिको समय र  बिद्यार्थीको बालमनोबिज्ञानलाई मध्येनजर शैक्षिक रुपान्तरणमा इच्छाशक्ति निर्माण गर्नु पर्नेमा जोड दिनु भयो।

बिद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ र शिक्षकले सृजनात्मक शैक्षिक वातावरण तयार पार्न सके मात्रै अबको भौतिक संरचना निर्माणले सार्थकता पाउने जिकिर गर्नु भयो ।

अहिले सबै बालबालिका हातमा  साईकल छ यो सडक बिकासको आवश्यक्ता हो  बालबालिका अहिले करिव पैदलमार्ग बाट १ घण्टाको दुरी पार गरेर शिक्षा आर्जन गर्न  आउछन तर गुणस्तरीय शिक्षा छैन अब साईकल हुने बालबालिका करिव २ घण्टाको दुरी पार गरेर गुणस्तरीय शिक्षा आर्जन गर्न जान सक्ने भएकोले घरको छेउमा पक्की भौतिक संरचना मात्रै  निर्माण गरेर शिक्षामा गुणस्तरियता ल्याउन सकिदैन यसका लागि पुरानो शैक्षिक परिपाटी परिवर्तन गरेर  प्रबिधिमैत्री शिक्षामा ख्याल पुर्याए मात्रै शैक्षिक गुणस्तरमा ब‌ृद्धि हुने आम अभिभावकको चाहाना अनुसार बिद्यालयको शैक्षिक अवस्था सुधार हुनुपर्ने सोच राख्न आग्रह गर्नु भयो।

सल्यानको एक चेली षुष्पा भण्डारीलाई अहिले संसारले चिन्छ यो सल्यानमा प्रशस्त खेल मैदान भएर हैन उनको ईच्छा शक्तिले मात्रै  सम्भव भएकोले अहिले अमर ज्योतिमा पढेको बिद्यार्थी रमेश डिसी र अनिस शाही  राष्ट्रिय खेल  खेल्न सक्ने भए  के खेलमैदान मैदान भयर हो भन्ने प्रश्न गर्दै मन्त्री शर्माले अब जुनसुकै कामको प्रतिफल प्राप्तिका लागि ईच्छा शक्ति ठुलो भएकाले  उनमा भएको इच्छा शक्तिमा थप प्रेरणा प्रदान गर्न सके रमेश र अनिसले बिद्यालयमात्रै हैन सल्यानको नाम उचो राख्ने  बताउनु भयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता