खाद्य स्वच्छता कायम गर्न सके देशको समृद्धिमा टेवा पुग्छः मन्त्री शर्मा
जेठ २४ सुर्खेत
खाद्य स्वच्छता कायम गर्न सके देशको समृद्धिमा टेवा पुग्ने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको ब्यबस्थापनमा आयोजना गरिएको विश्व खाद्य स्वच्छता दिवस (World Food Safety Day) २०८० को अवसरमा शुभकामना मन्तव्य दिनु हुदै मन्त्री शर्माले खाद्य स्वच्छता कायम गर्न सके आर्थिक समृद्धिमा सुधार सगै देशको समृद्धि टेवा पुग्ने बताउनु भएको हो।
खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ भन्ने नारालाइ व्यबहारमा कायम गर्न सके मात्र खाद्य स्वच्छता दिवसको अर्थ रहने बताउनु भयो।
स्वच्छ खाद्य पदार्थ स्वस्थ मानव जीवनका लागि अपरिहार्य छ।आम उपभोक्ताको पहुँचमा रहेका सम्पूर्ण खाद्य पदार्थहरु स्वच्छ हुन सकेमा मात्र खाद्य तथा पोषण सुरक्षा हासिल गर्ने आम उपभोक्ता हरु सबैले खाद्य स्वच्छतामा जोड दिनु पर्ने बताउनु भयो।
ऐन नियमावली निर्माण गरि प्रदेशको रैथाने र प्राङ्गारिक बालीबाट तयार हुने खाद्य पदार्थहरु लाई स्वच्छ, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाइ खाद्य पदार्थको आयात घटाइ निर्यात प्रवर्द्धन गर्न अत्यावश्यक भएको छ। यस परिप्रेक्ष्यमा आजको यो दिवसले कर्णालीको रैथाने र प्राङ्गारिक बालीमा आधारित स्वच्छ, पौष्टिक र मौलिक खाद्य पदार्थको प्रवर्द्धन गरी खाद्य स्वच्छता कायम गर्न सके आर्थिक समृद्धि मात्रै हैन देशमा स्वच्छ नागरिक भए उत्पादन बृद्धि र रोजगार सृजना हुने भएकाले खाद्य स्वच्छता कायम गर्न कर्णाली प्रदेश सरकारबाट ऐन निति तथा नियमावली निर्माण गरि कार्यान्यन गर्ने बताउनु भयो।
खाद्य उत्पादन प्याकेजिङ्ग तथा बजारमा रहेका उपयोग खाद्य बस्तुमा स्वच्छता र गुणस्तर कायम गर्न बजार अनुगमलाइ नियमित गर्नु पर्ने सुजाउदै मन्त्री शर्माले नुमनाको रुपमा बजार अनुगमन गर्दा म्याद समाप्त भएका तथा सिलबन्दी नभएका गुणस्तरहिन बस्तु बजारमा बिक्रीबाट मानव स्वास्थमा असर तथा दिर्घरोगीको संख्या बृद्धि भएकाले यसलाइ कमी गर्न खाद्य स्वच्छताले नै पहिलो औषधालयको रुपमा काम गर्ने भएका यसलाइ निरुपन गर्ने माध्यम भनेकै अनुगम भएकाले प्रभातफेरीकै क्रममा बजार अनुगमन गरेको बताउनु भयो।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा