परम्परागत सोचले नागरिकको सेवा हुदैनः मुख्यमन्त्री शर्मा
वैशाख १९ सुर्खेत
कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री राज कुमार शर्माले परम्परागत सोचभन्दा माथी उठेर नागरिकको सेवा गर्नु पर्ने बताउनु भएको छ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश सुशासन केन्द्रको आयोजनामा दुई दिन( वैशाख १९ र २० )गते सम्म सञ्चालन हुने प्रदेश सभाका सदस्यहरुको नेतृत्व बिकास सम्बन्धि क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमको उद्धघाटन गर्दै मुख्यमन्त्री शर्माले परम्परागत सोचभन्दा माथी उठेर नागरिकको सेवा गर्नु पर्ने बताउनु भएको हो।
अर्थतन्त्रको केन्द्रिकृत अभिब्यक्ति नै राजनिति भएको बताउदै अहिल निर्माण गरेका राज्यका उपरीसंरचनाले देश र नागरिको सेवा दिन सकेको छन कि छैनान यसबारे सोच्नु पर्ने बताउनु भयो।
कर्णालीको मुख्य समस्या भनेको गरिवि हो भन्नेमा हामी सबै एक मत छौ तर ति समस्यालाइ सामाधान गर्न बिभिन्न सोच तर्क होलान तर सृजनात्मक ढंगबाट समाधान गर्न संसदीय ब्यबस्थाबाट पहल गर्यौ कि गरेन्यौ हामी कतै परम्परागतबादी त भएन्यौ रेडियो टिभि पत्रपत्रिका र संसदीय राजनीति हेर्दा पुरानो परम्पराले जनताको सेवा गर्न सकेको छ कि छैन के परम्परा जव सम्म सही छ तव सम्म परम्परा लागु गर्नु पर्छ त्यो परम्पराले जनतालाइ सेवा गर्न सकेको छकि छैन जनताको सेवा गर्ने क्रममा परम्पराले अहिले ब्यबस्थालाइ सहजीकरण गरेको छकि बाधा गरेको छ त्यसको बारेमा छलफल र बहस गर्न आबश्यक भएको बताउनु भयो।
अहिले परमपरागत बुझाइ भन्दा आश्यक्तामा आधारित वहस छलफल गर्न अन्तरक्रिया वा तालिम प्रभावकारी हुनु पर्ने बताउदै बिज्ञहरुले यसबारे अध्ययन गरिसकेकाले परम्परागत सोच भन्दा माथी उठन सुझाउनु भयो।
ब्यबस्था त परिवर्तन गरियो तर नागरिकको अबस्था परिवर्तन गर्न सरकारका उपरिसंरचना बदलियौ तर जनताको अबस्था र देशको अबस्था परिवर्तन गर्न आजको आश्यक्ताको आधारमा ऐन कानुन परिमार्जन गर्न सकेमात्र नारिकको अबस्था परिवर्तन हुने भएकाले प्रदेश सरकारले नागिक मैत्री सेवा सञ्चालन गर्न आवश्यक ऐन कानुन संशोधन तथा निर्माण गरेर नागरिकको अवस्था परिवर्तन हुने काम गर्न प्रदेश सरकार तयार भएको बताउनु भयो।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा