१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे१)२०२३ को शुभकामना सन्देश
बैशाख १७ सुर्खेत
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे१)¸२०२३ को अवसरमा सम्पूर्ण कर्णालीबासी लगायत स्वदेश तथा विदेश रहनुभएका नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफनो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकहरूप्रति म यस अवसरमा हार्दिक सम्मान प्रकट गर्नुभएको छ।
सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।
आफनो अधिकारका लागि एकतावद्ध सङ्घर्ष मार्फत् विजय हासिल गरेको यस गौरवपूर्ण विश्व श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्न पाउ“दा मलाई खुसी लागेको छ । नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ ।
श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ । देशमा श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव रहदैन ।
तसर्थ,संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको हो । संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महत्वपूर्ण पक्ष हो ।
अन्तमा,विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियनहरु श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामूखी र व्यवसायिक मर्यादातर्फ अग्रसर हुदै आएकोमा खुसी व्यक्त गर्दै मे दिवसको यस सुखद् अवसरमा सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दै शुभकामना ।
#तिलक परियार #सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा