सल्यानमा आगलागीबाट घाइते रानाको उपचारको क्रममा मृत्यु
चैत १२,सल्यान
सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलामा भएको आगलागिमा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
भारतको लखनउमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय यज्ञ रानाको भेरी अस्पताल नेपालगञ्ज उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
गत सोमबार राति कुमाख गाउँपालिका ४ भण्डारखोलामा रहेको एक किराना पसलमा आगलागि हुँदा ५ जना घाइते भएका थिए ।
पसल सञ्चालक २४वर्षीय शंकर राना सहित २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय सञ्जीव शाह गम्भीर घाइते भएका थिए भने १८ वर्षीय क्षेत्रमणी राना सामान्य घाइते भएका थिए ।
१८ वर्षीय क्षेत्रमणी डिस्चार्ज भएको र अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा