ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णाली प्रदेश सरकारका कृषि मन्त्री शर्माले दिनुभएको शुभकामना सन्देश

कर्णाली प्रदेश सरकारका कृषि मन्त्री शर्माले दिनुभएको शुभकामना सन्देश

चैत्र १२ सुर्खेत

कर्णाली प्रदेश सरकार  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्ला जिल्लामा मनाइने राष्ट्रिय धान दिवस २०७९को अवसरमा शुभकामना सन्देश दिनु  भएको छ।
प्रत्येक वर्ष चैत्र १२ गते देखि चैत्र २० गते सम्म जुम्ला जिल्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली वासी आम कृषक दाजु भाइदिदि बहिनीहरूमा जुम्ला जिल्लामा मनाइने राष्ट्रिय धान दिवस २०७९ को अवसरमा हार्दिक शुभकामना  सन्देश दिनु भएको हो।
संसारमै सवैभन्दा उंचाई अर्थात समुन्द्र सतहबाट करीव ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ मार्सी धान संसारको सबैभन्दा उच्च २७ सय ९० मिटरमा फल्ने जातको रुपमा चिनिन्छ।
बि.स.१०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको विउ राखेका थिए ।
बीउको परीक्षण पछि १११२ सालदेखि जुम्लामा काली मार्सी धान खेती गर्न शुरु गरि जुम्लाको सबैभन्दा उच्च स्थान लाछु छुमचौर र हाकुमा मार्सी धान उत्पादन गर्ने थालिएको थियो।
माइनस ४ डिग्री सेल्सियस तापक्रम सम्म उमार शक्ति भएको यो मार्सी धान ज्यापोनिका प्रजातिको स्थानिय रैथाने जात भित्र पर्ने भएकोले यसको संरक्षण उत्पादन वृद्धि सगै बजार र वाजीकरण लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध भएको प्रतिबद्धता व्यक्त गर्नु भएको हो।
शुभकामना सन्देशको पुर्ण पाठ

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता