ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
मन्त्री शर्मा द्धारा कृषि मन्त्रालयकोअष्ठमासिक प्रगति समिक्षा गोष्ठी उद्धघाटन

मन्त्री शर्मा द्धारा कृषि मन्त्रालयकोअष्ठमासिक प्रगति समिक्षा गोष्ठी उद्धघाटन

चैत्र ९ सुर्खेत

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कृषि मन्त्रालयको दोस्रो चौमासिक तथा अष्ठमासिक प्रगति समिक्षा गोष्ठीको उद्धघाटन गर्नु भएको छ।

विज्ञापन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको आयोनामा दुइ दिन सम्म सञ्चालन हुने दोस्रो चौमासिक तथा अष्ठमासिक प्रगति समिक्षा गोष्ठीको उद्धघाटन गर्नु भएको हो

कर्णाली प्रदेशका १० वटा जिल्लाका कृषि विकास कार्यालय तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयका कार्यालय प्रमुख कृषि विकास निर्देशनालय एकीकृत कृषि प्रयोगशाला तथा पशु सेवा निर्देशनालय प्रमुखहरुको  उपस्थितिमा  जिल्लाको वितिय प्रगति तथा कार्यक्रमको प्रगति तथा उपलब्धीको प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएको प्रगति तथा  मन्त्री शर्माले सुझाव सहित पृष्ठपोषण गर्नु भएको छ। उहाँले कर्णाली लाइ कृषिमा आत्मनिर्भर बनाउन स्थानिय तह र जिल्लाको महत्वपुर्ण भूमिका रहेकाले स्थानिय तहलाइ अभिभाकत्व खोजीरेहकाले स्थनीय तह स‌ंग बजेट कार्यक्रम बारे समन्वय गर्नु पर्ने सुझाउनु भयो।

गोष्ठीमा प्रस्तुत गरिएको प्रगति अनुसार उत्पादन र रोजगारमा देखिएका समस्या र चुनौति र सामाधानका उपाय सहित लावान्धित संख्या र रोजगारको अबस्था बारे समावेश गर्नु पर्ने  बताउनु भयो।

दैलेख र  सल्यानबाट कृषि उत्पादनको बजारीकरण  निर्यातको तथ्याङ्क बाँझो  जमिनको रेकर्ड ब्यबस्थापन गर्ने कार्य गरेको र रुकुम पश्चिमा बाख्राको शल्यक्रिया गरेको अबस्थाले कृषि सेवा नागरिक सम्म पुगेको महसुस भएकाले यसको सहि ब्यबस्थापन  गर्न मन्त्रालयले थप कार्यकम बनाउन सहयोग पुग्ने बताउनु भयो।

दुइ दिन  चैत्र १० गते सम्म सञ्चालन हुने प्रगति समिक्षा गोष्ठीको अध्यक्षता सचिव डाक्टर लेखराज दाहाल गर्नु भएको कार्यक्रमको सञ्चालन रमेश खडकाले गर्नु भएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता