ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
ट्रयाकमै समिति ढोरचौर छापडाँडा हुँदै सल्ली जोड्ने सडक १५ वर्षपछि स्तरोन्नती गर्न मन्त्री शर्माद्वारा शिलान्यास 

ट्रयाकमै समिति ढोरचौर छापडाँडा हुँदै सल्ली जोड्ने सडक १५ वर्षपछि स्तरोन्नती गर्न मन्त्री शर्माद्वारा शिलान्यास 

चैत ६,सल्यान 

ट्रयाक मै समिति ढोरचौर छापडाँडा हुदै सल्ली जोड्ने सडक स्तरोन्नतीको लागि भूमि व्यवस्था कृषि तथा सहकारी  मन्त्री भिम प्रकाश  शर्माले शिलान्यास गर्नु भएको छ।

विज्ञापन

सल्यानको सिद्ध कुमाख ३ हुँदै  प्रदेश राजधानी जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडकको  ट्याक खोलेको झन्डै १५ वर्षपछि स्तरोन्नतीको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो।

कर्णाली प्रदेश सरकारको बहुवर्षिय योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानले १५ करोड ५९ लाखको लागतमा स्तरोन्नतिको काम थालनी गरिएको सडकको ट्रयाक  २०६४ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय को सहयोगमा खोलिएको थियो।

२०८१ पुस १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी खरीढुंगा हमाल जे.भी ले सडक स्तरोन्नतीको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इ. रूपक रावलले जानकारी दिनु भयो ।

१३ दशमलव ८ किलोमिटर ग्राभेल र १२ किलोमिटर डबल कटिङ गरी सडकको स्तरोन्नति गरिने उहाँको भनाई छ । प्रदेश सरकारको बहु वर्षीय योजना अन्तर्गत यस सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइने रावलले बताउनु  भयो ।

सोमबार सडकको शिलान्यास गर्दै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले विकास र उत्पादनलाई साथसाथै जोडेर लग्न सके उक्त विकास दिगो हुने बताउनु भयो । सडक खन्नु मात्र विकास नभई किसानहरूले उत्पादनमा वृद्धि गर्नु र उक्त उत्पादन सहज रुपमा बजारीकरण गर्नु सबैभन्दा ठुलो विकास त्यो हुने उहाँको भनाई छ ।

उहाँले भन्नु भयो ‘आर्थिक उपार्जनसँग विकासलाई जोड्न सकिएन भने त्यसले झनै मानिसलाई पर निर्भर बनाउँछ । त्यस कारण जनताको आर्थिक उपार्जनमा वृद्धि भयो भएन त्यसलाई मापन गर्न जरुरी छ ।’

बुहवर्षीय योजना अन्तर्गत प्रदेश राजधानी जोड्न छोटो दूरीको सडकको काम अघि बढेको मन्त्री शर्माको भनाई छ । उहाँले भन्नु भयो ‘वैकल्पिक मार्गका रुपमा यो सडकले धेरै लाभ दिने प्रदेश सरकारको विश्वास भएको बताउनु भयो।

यस्तै सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले निर्माण कम्पनीले परिमाणात्मक र गुणात्मक दुवै काम प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत लगाएत स्थानीयको उपस्थिति रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता