कर्णालीमा दलित बिद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउन अभिभावक शिक्षा कार्यक्रम

कर्णालीमा दलित बिद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउन अभिभावक शिक्षा कार्यक्रम

चैत्र ३ सुर्खेत

कर्णालीमा दलित बिद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउनको लागि लागि अभिभावक शिक्षा कार्यक्रम तालिम सञ्चालन गरिएको छ।

विज्ञापन

दलित समुदायका बिद्यार्थीको प्राथमिक शिक्षा देखि उच्च शिक्षामा पहुँच  कायम गर्न अभिभावकको महत्वपुर्ण भूमिका हुने भएकोले सुर्खेतको वीरेन्द्रनगरमा  ५ दिने अभिभावक शिक्षा कार्यक्रम तालिम सञ्चालन गरिएको हो।

साझेदारी सशक्तीकरण केन्द्र बिरेन्द्र नगर सुर्खेत को अयोजन तथा  सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश को आर्थिक सहयोगमा सञ्चालन गरिएको अभिभावक शिक्षा कार्यक्रमले दलित समुदायका बिद्यार्थीको  शिक्षा पुहँच गुणस्तर क्षमता अभिबृद्धि  गर्न अभिभावक शिक्षा अपरिहार्य भएकोले  अभिभावक शिक्षा तालिम सञ्चालन गरेको अध्यक्ष वसन्त कुमार विश्वकर्माले जानकारी दिनुभएको छ।

५ दिन सम्म (चैत्र ३ देखि ७ गते सम्म ) सञ्चालन हुने तालिमको सहजिकरण इन्द्र बहादुर विश्वकर्मा गर्ने कार्यक्रमको अध्यक्षता बसन्त कुमार बिश्वकर्माले गर्नु भएको कार्यकमको सञ्चालन जीवन तिरुवाले गर्नु भएको थियो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता