राष्ट्रपति रनिङ सिल्ड २०७९ को उपाधि राष्ट्रिय मावि. दार्माकोट लाइ
प्रकाश शर्मा फागुन ९,सल्यान
राष्ट्रपति रनिङ शिल्ड २०७९को उपाधि राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटले प्राप्त गरेको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८ स्वर्ण ४ रजत २ कास्य सहित शिल्ड हात पार्न सफल भएको हो। विद्यालयले जिल्लास्तरीय रनिङ सिल्डमा लगातार तीन पटक सिल्ड उचालेर इतिहास रचेको छ ।
यस्तै स्वर्ण ४ रजत १३ कास्य ४ सहित श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौर दोस्रो, स्वर्ण २ रजत ४ सहित नेपाल राष्ट्रिय मा. वि. ढाकाडामकोट तेस्रो भएको छ । सुर्योदय मा. वि. गोठिवन ले १ स्वर्ण ४ रजत १० कास्य प्राप्त गर्दै सान्तोणा भएको छ भने बाल कल्याण मा वि भुबनटाकुरि २ स्वर्ण २ रजत १० कास्य प्राप्त गरेको छ । नव सर्वसाधारण मा वि रातमाटा ले स्वर्ण १ रजत १ र कास्य २ हात पारेको छ ।
जम्मा २८ स्वर्णका लागि खेलका लागि प्रतिस्पर्धा गराइएको थियो । यहि फाल्गन ७ गते उद्घाटन भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा