ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा किसानको घर दैलोमा पुगेर पशु स्वास्थ्य सेवा

सल्यानमा किसानको घर दैलोमा पुगेर पशु स्वास्थ्य सेवा

सल्यान, ९ फागुन ।

सल्यानको त्रिवेणी गाउँपालिकाले   किसानको घरदैलोमा पुगेर पशु स्वास्थ्य सेवा दिएको छ।

विज्ञापन

गाउँपालिकाले वडा नम्बर ५ स्थित सिम्कमा सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य शिविरमा पाँच हजार ७०८ पशुपन्छीलाई औषधि वितरण संगै ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशुपन्छी विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिएका छन।

रावतका  अनुसार एकै दिन दुई हजार ६४३ बाख्रा, दुई हजार ८८९ कुखुरा, १३७ गाई गोरु र ३९ भैँसीलाई निःशुल्क औषधि विरण गरिएको छ भने ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको  छ भने  यसबाट २१२ जना किसान लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष विमल रावतको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको थियो । शिविर उद्घाटन गर्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले पशुपन्छी विकास शाखाको सेवाबाट टाढा रहेका वस्तीहरुमा गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताए । उनले पशुपालनलाई व्यवस्थित र व्यवशायीक बनाउन सकेमा किसानको आर्थिक अवस्थालाई माथि उठाउन सकिने धारणा राखेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता