ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका जिल्लाकै उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका जिल्लाकै उत्कृष्ट

फागुन ९,सल्यान 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । १० स्थानीय तहमध्ये शारदा नगरपालिकाले सबैभन्दा बढी अङ्क ६२ दशमलव ९२ प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । शारदा नगरपालिका उत्कृष्ट हुँदा बागचौर नगरपालिका भने पुछारमा रहेको छ । बागचौरले सबैभन्दा कम ३९ दशमलव ०९ प्रतिशत अङ्क मात्र प्राप्त गर्न सफल भएको छ ।

विज्ञापन

जिल्लामा ३ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।  कालीमाटी गाउँपालिकाले ५१ दशमलव  ८६, त्रिवेणी गाउँपालिकाले ५१ दशमलव ०८ प्रतिशत, अङ्क ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । यस्तै दार्मा गाउँपालिकाले ५० दशमलव ६७, कुमाख गाउँपालिकाले ४९ दशमलव ०३, बनगाड कुपिण्डे नगरपालिकाले ४५ दशमलव १०, सिद्ध कुमाख गाउँपालिकाले ४६ दशमलव ५३, छत्रेश्वरी गाउँपालिकाले ४८ दशमलव ७८, र कपुरकोट गाउँपालिकाले ४६ दशमलव २२ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशको समेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

सोही अनुसार कर्णाली प्रदेशले भने २५ दशमलव ९ अङ्क प्राप्त गरेको हो । यसमा लेखा परीक्षण, बेरुजु फर्छ्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता