कर्णाली प्रदेश प्रमुख तिलक परियारले दिनुभएको शुभकामना सन्देश
सुर्खेत फागुन ८
शेर्पा धर्मावलम्बीहरूको महान् चाड ‘ग्याल्पो ल्होछार’काे अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले शुभकामना व्यक्त गर्नुभएको छ ।
ग्याल्पो ल्हाेछार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।
यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्पो ल्होछार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्छ ।
’ग्याल्पो ल्होछार’का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहनु भएका शेर्पा समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको हो ।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् ।
यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो । सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । यसै सन्दर्भमानेपालका शेर्पा जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने ग्याब्लाे ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।”
संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता रहेको प्रदेश प्रमुख परियारले शुभकामनामा भन्नुभएको छ । उहाँले शेर्पा जाति तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न अपील समेत गर्नुभएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा