ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णालीकाे प्रतिपक्ष राजनीति दल हाेईन गरिबी अशिक्षा र भाेकमारी हाे: मन्त्री शर्मा

कर्णालीकाे प्रतिपक्ष राजनीति दल हाेईन गरिबी अशिक्षा र भाेकमारी हाे: मन्त्री शर्मा

फागुन ६ सुर्खेत

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कुडा कर्णाली श्रृंखलाको भोक र भोजन विषय बस्तुमा कर्णालीमा राजनीतिक दल प्रतिपक्ष नभएर भोक गरिवि  र अशिक्षा भएको बताउनु भएको छ।

विज्ञापन

कर्णाली उत्सवको कुडा कर्णाली अन्तर्गत भोक र भोजन  विषय बस्तुमा मन्त्री शर्माले कर्णाली प्रदेशमा प्रतिपक्ष  राजनैतिक दल नभएर भोक गरिवि र अशिक्षा भएको भन्दै  कर्णालीको भाेकमारी गरिबी अशिक्षा जस्ता सम्बेदनशील विषयमा सबै एकै ठाउँमा हुनु पर्ने बताउनु भयो।

भाेक र भाेजनका लागि कर्णालीमा उत्पादित खाद्यान्न प्रार्याप्त भएको तर भोजन कसरी गर्ने भन्ने तरीका नजानेर कर्णालीमा भएका रैथाने बाली विनाश हुने खतरा बढेकाले यसको संरक्षणका लागि प्रदेश सरकार योजना सहित लागि सकेको बताउनु भयो।

मन्त्री शर्माले  ‘भोक मार्न भोजन खारमात्रै हुँदैन भोजनले मान्छेलाई पार्ने प्रभावको बारेमा सोच्नुपर्ने  बताउँदै  ‘धानको बाला नफल्ने ठाउँ पनि उन्नत देश छ भने हामी कर्णालीका मान्छे कसरी गरिब भयौं त ?’उहाँ ले भन्नु भयोखाद्य सुरक्षासम्बन्धी नियमावली बनिरहेको र नियमावली बनेपछि कर्णालीमा अझ सजिलो हुने  बताउनु भयो।

मन्त्री शर्माले राजनीति, संस्कार, संस्कृति र खाने तरिका अन्तरसम्बन्धीत  रहेको धारणा  राख्दै  अब कर्णालीमा रहका रैथाने बालीको विकास र संरक्षण गर्न प्रदेश सरकारले   पञ्चवर्षीय योजना  बनाएर अघि बढेको बताउनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता