रैथाने बालीको मूल्य श्रृंखला आधारित कार्यक्रम आउँछः मन्त्री शर्मा
फागुन ६ सुर्खेत
कर्णालीमा मूल्य श्रृंखलामा आधारित कार्यक्रम ल्याउने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना कर्णालीका रैथाने बाली सबैका लागि सधैँका लागि भन्ने मूल नाराका साथ दोस्रो दिवसको अवसरमा फुलमा पानी राख्दै कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले कर्णालीमा उत्पादित रैथाने बालीको संरक्षण सम्बर्द्धन सुरक्षाको लागि रैथाने बालीको उत्पादन र मूल्य श्रखलामा आधारित कार्यक्रम ल्याउन प्रदेश सरकार तयार भएको बताउनु भयो।
कर्णाली प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ‘अर्गानिक कृषिको आधार खडा गरी रैथाने बाली वस्तुको संरक्षण गर्ने’ निर्णयले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश बनाउन र अर्गानिक कृषि प्रणालीको माध्यमबाट कृषि पेसालाई व्यावसायिक मर्यादित र प्रतिस्पर्धी बनाइ कृषकहरूको जीवनस्तरमा सुधार गर्ने लक्ष्य प्राप्ति लागि कर्णाली प्रदेशमा रैथाने बालीको संरक्षण तथा सम्बर्द्धन गरी मुल्यमा रुपान्तर गर्ने कार्यक्रम गर्ने बताउनु भयो।
मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अर्गानिक कृषि विधेयक–२०७५ समेत प्रदेश सभाबाट पारित गर्दै अर्गानिक कृषिलाई जोड दिन प्रथम पञ्चवर्षीय योजनाको आधार पत्रसमेत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार पारेकोले यसमा व्यवस्था भए बमोजिम स्वस्थ, अर्गानिक कृषि उत्पादन वृद्धि र आर्थिक समुन्नतिको आधार तयार पार्न प्रदेशका १० जिल्ला र ७९ स्थानीय सरकार संग समन्वय गरी छिटै नयाँ कार्यक्रम तय गर्ने बताउनु भयो।
रैथाने बालीको संरक्षणबाट के कर्णालीमा खाद्यान्न आपूर्ति हुन्छ त भन्ने प्रश्न सबै कर्णाली बासीको भएकोले यसको व्यवस्थापन गर्न कर्णालीको रैथाने वाली अमूल्य बाली हुन भन्ने प्रचार प्रसार गर्दै उत्पादित खाद्यान्न बस्तुलाई मूल्यमा रूपान्तरण गरी खाद्यान्न आपूर्ति गर्न सकिने भएकोले उत्पादन र संरक्षणमा प्रदेश सरकार लाग परेको बताउनु भयो।
अहिले कर्णाली प्रदेश ग्रिन जोन एलो जोन र रेड जोनबाट कर्णालीको कृषि अगाडि बढेकाले यसबाट किसान र कृषिलाई बढवा दिन सबै सरोकारवालाहर ले पहल सहनु पर्ने बताउनु भयो।
कर्णालीका केही क्षेत्रमा कृषिमा स्थानीय कम्पोस्ट मल मात्रै प्रयोग गरेर अर्गानीक रैथाने बाली उत्पादन भएको छ। कमोष्ट मल रासायनिक मल प्रयोग गरि उत्पादन प्राय हुनु भन्दा सबै कृषि उत्पादनमा रासायनिक मल प्रयोग गरी उत्पादन गरी रहेकाले रेड बाट एलो र एलो जोनबाट ग्रिन जोनमा कृषिलाई रुपान्तरण गर्न केही समय लाग्ने भएकोले रैथाने बाली संरक्षण अर्गानिक उत्पादनमा चुनौति थपिएको पुर्ण रुपमा रासयनिक मल खाद विषादी नियन्त्रण गर्न सके मात्र कर्णालीको रैथाने बाली साचीकै अर्गानिक हुने दाबि गर्नु भयो।
अर्गानिक कृषिको माध्यमबाट स्वच्छ स्वस्थ पोषण युक्त खाद्य र बहु उपयोगी कृषि उपजको उत्पादन वृद्धि गरी आयआर्जन र रोजगारी सिर्जना गर्न सके मात्र समृद्ध कर्णाली खुसी कर्णाली वासी हुने जिकिर गर्नु भयो।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा