प्रदेश सरकार किसान र सहकारी मैत्री कार्यक्रम प्रति प्रतिबद्ध छः कृषि मन्त्री शर्मा
माघ २८ सुर्खेत
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले प्रदेश सरकार किसान र सहकारी मैत्री कार्यक्रम प्रति प्रतिबद्ध भएको बताउनु भएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा रहको त्रिपुरेश्वर बचत तथा ऋण सहकारी संस्थाको २७ औ वार्षिक उत्सव उद्घाटन कार्यक्रममा मन्त्री शर्माले प्रदेश सरकार किसान र सहकारी मैत्री कार्यक्रम ल्याउन प्रतिबद्ध भएको बताउनु भयो।
मन्त्री शर्माले अहिले सम्म प्रदेश सरकारबाट गएको अनुदानले वास्तविक किसानलाई टेवा दिइनुको साटो अनुदानी किसानलाई टेवा दिने जनस्तरबाट गुनासो आएकाले यसको निरूपण गर्न किसानलाई सहकारी र बैङ्क मार्फत अनुदानका कार्यक्रम जोड्दै उत्पादनमा आधारित अनुदान र सहुलियत कृषि ब्याज अनुदान कार्यक्रमबाट किसान सहकारी र सरकारको सम्बन्ध विस्तार गर्ने बताउनु भयो।
सहकारीमा देखिएको समस्यालाई प्रदेश सरकारले निश्चित मापदण्ड बनाएर नियमन गर्न सहकारी ऐन नियमावली बनाउन लागेकाले यसमा किसान र सहकारी र सहकारी र बैङ्कको सम्बन्ध कायम गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताउनु भयो।
मन्त्री शर्माले सहकारी संस्थाले विभिन्न बिदामा सम्मान गरेकाले यस सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको बताउँदै सहकारी संस्थाका नाममा भएका गैरकानुनी काम र निश्चित व्यक्तिले लिइरहेको लाभको नियन्त्रण तथा कृषि अनुदानमा देखिएका महामारीलाई नियन्त्रण गर्न ब्याज अनुदानको कार्यक्रम सहकारी र बैङ्क मार्फत किसान सम्म पुग्ने वातावरण निर्माण गर्न तयार रहेको बताउनु।
मन्त्री शर्माले २७ औ वार्षिक उत्सवको अवसरमा संस्थाका २९ जना जेष्ठ नागरिक सदस्यलाई मायाको चिनो प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको कार्यक्रमको अध्यक्षता राजेन्द्र गरीले गर्नुभएको कार्यक्रमको सञ्चालन गीता तिवारीले गर्नु भएको थियो।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा