दार्मा गाउँ पालिका सल्यानको १२ औ गाउँसभा उद्घाटन, मन्त्री शर्मालाई ५ बुँदे माग पत्र
माघ –२७, सल्यान ।
कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले सरकारले बास्तविक किसानका समस्या समाधानका लागि पहल गर्नेे बताएका छन ।
कर्णालीमा व्यवसायीक किसानका लागि त्यसै अनुसारको लगानि गर्ने बताएका उनले आवश्यकताको पहिचान गरि लगानी गर्ने बताएका हुन ।
दार्मा गाउँपालिकाको गाउँसभा तथा १२ औ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादनका आधारमा लगानी गर्ने र त्यसलाई बढाउदै लिने बताएका हुन ।
३ महिना, ६ महिना, ९ महिना र एकबर्ष गरि व्यवसायीक उत्पादन गर्नेलाई त्यहि अनुसारको लगानी गर्दै उत्पादनमा वृद्धि ल्याउने कार्यक्रम ल्याउने बताएका उनले किसानलाई व्यवसायीक बन्न अनुरोध गरेका छन ।
कार्यक्रमलाई सम्बोधनका क्रममा संविधानसभा सदस्य उमाकान्त शर्माले माओवादी आन्दोलनका कारण यो व्यवस्था आएको भन्दै संघियताले नै विकासका पुर्वाधारमा सहयोग गरेको बताए ।
जिल्ला समन्वय समिति उपप्रमुख असविर बुढाथोकीले दार्मा सरकारले गरेका कामको प्रशंसा गर्दै यसमा सबै सरकारको लगानी बढाउने कुरामा लाग्नुपर्ने बताए ।
उद्घाटन समारोहको शुरुवातीमै राष्ट्रि«गान सहित हल प्रवेश गरेका अतिथिलाई स्वागत गर्दै गाउँपालिका अध्यक्षले कार्यक्रमको सुुरुवाती सहित पालिकाको अर्धबार्षिक समिक्षा प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्तुत गरेको विवरण अनुसार दार्मामा २५.३२ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
यस आर्थिक बर्षमा दार्मामा ४८ करोड ९४ लाख ३० हजार ६ सय बजेट भएकोमा १२ करोड ६१ लाख ९२ हजार ४ सय मात्रै खर्च भएको छ ।
जसमा चालु तर्फ ३७.०४ प्रतिशत र पुजिगत ९.०७ प्रतिशत रहेको छ । गाउँपालिकाले चालु आर्थिक ५४ लाख १६ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा १२ लाख ६६ हजार ५ सय मात्र संकलन भएको छ ।
मन्त्री शर्मालाई शुभकामना दिदै दार्मा गाउँपालिकाले ५ बुदे मागपत्र पनि पेश गरेको छ ।
जन सत्ताबाट पास भएका घरजग्गाको समस्या समाधानलाई पहिलो बुदा बनाइएको मागपत्र अध्यक्ष निम बहादुर केसीले मन्त्री शर्मालाई बुझाएका हुन ।
मागपत्रमा दुग्ध पकेट क्षेत्र, चिस्यानकेन्द्र, सहकारीलाई अनुदानका साथै ठुला सिचाई आयोजना निर्माणलाई समेटिएको छ
प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले सहजिकरण गरेको कार्यक्रममा उपाध्यक्ष जुना मल्ल, पुर्व उपाध्यक्ष टीका शर्मावली, गाउँसभा सदस्य तथा राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो ।
बजेट संशोधनका लागि महत्वपुर्ण रुपमा लिइएको अधिवेशनले विभिन्न विधेयकहरु पास गर्नेछ भने बैठक आइतबार सम्म चल्नेछ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा