सल्यानमा एक उद्योगमा आगलागी हुदा करिव १० लाख क्षेति
माघ २७, सल्यान –
सल्यानको बागचाैर नगरपालिका वडा नं. २ को एक घरमा लागलागी हुदा सिरक डसना उद्योगमा पुर्ण रुमपा क्षेति भएको छ ।
बागचाैर नगरपालिका वडा नम्बर २ निवासी डम्बरबहादुर कामीको घरमा आगो लागेपछि उद्योग पुर्ण रुपमा क्षेति भएको प्रहरीले जनाएको छ।
शुक्रबार करिब दिउँसो साडे १ बजे देखि सिरक डसना मुनिको घाँसबाट सल्किएको आगोबाट आगलागी भएपछि उक्त उद्योगमा सल्केको डडेलोले उद्योग पुर्ण रुपमा क्षेति भएको हाे।
आगलागीबाट शारदा सिरक डसना उद्योगमा करिब १० लाख बराबरको क्षेति पुगेको छ ।
इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलि र स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिएको हो भने आगो किन र कसरी लाग्यो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा