किसानले उत्पादन गरेका कृषि उपज बिक्री नभए प्रदेश सरकारले जिम्मा लिन्छः मन्त्री शर्मा

किसानले उत्पादन गरेका कृषि उपज बिक्री नभए प्रदेश सरकारले जिम्मा लिन्छः मन्त्री शर्मा

माघ २१ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले किसानले उत्पादन गरेका कृषि उपज बिक्री नभए प्रदेश सरकारले जिम्मा लिने बताउनु भएकाे छ।

विज्ञापन

बागचाैर नगरपालिका वडा नं ४ मा  आयाेजना गरिएकाे तेस्राे वडा कप खेलकुद प्रतियाेगिता उद्घाटन कार्यक्रममा सम्बाेधन गर्दै मन्त्री शर्माले किसानले उत्पादन गरेका कृषि उपज बिक्री नभए प्रदेश सरकारले जिम्मा लिने बताउनु भएकाे छ।

बागचाैर नगरपालिका कृषि उपज उत्पादनमा आत्मनिर्भर नगरपालिका भएकोले  उत्पादन वृद्धिमा जाेड दिनु पर्नु बताउनु भयाे।

मन्त्री शर्माले बागचाैर  नगरपालिका नगदेवाली तथा खाद्यवालीकाे उत्पादनले आत्मनिर्भर बनाउन स्थानीय सरकार तथा प्रदेश सरकार सधै किसान मैत्री हुने विश्वास दिलाउने  खालकाे काम राजनैतिक बिचार भन्दा किसानका भावना अनुसार काम गरे मात्रै सफल जनप्रतिनिधि हुन सक्ने बताउनु भयाे।

आलु र सुन्तला उत्पादनमा आत्मनिर्भर भएकाे नगरपालिका अब तरकारी खेती उत्पादनमा आत्मनिर्भर हुनु पर्ने बताउँदै  अहिले सल्यानकाे उत्पादनले ३ महिना मात्रै बजार लिने बाँकी  ९ महिना कृषि उपजहरू तथा खाद्यान्न बस्तु  भारतकै भर पर्नु पर्ने बाध्यताबाट पार लाग्न अब किसानले कम्तीमा ९ महिना  आफ्नाे उत्पादन बजार सम्म दिने खालकाे वातावरण तयार गरी उत्पादन बृद्धि तिर लाग्नु पर्ने कुरामा जाेड दिनु भयाे।

मन्त्री शर्माले  निर्वाचित गराउने सम्पुर्ण मतदाताहरुलाइ धन्यवाद दिदै जनताले दिएकाे जिम्मेवारीमा राजनीतिक पूर्व आग्रह नगरी पुरा गर्ने प्रतिबद्धता जनाउनु भयाे।

बागचाैर नगरपालिका कस्ताे बनाउने भन्ने याेजना स्थानिय सरकारले तय गरे आफुले साथ दिन सधै तयार भएकाे बताउदै राजनीतिक रुपमा मनमुटाउ गर्ने आफैमात्र ठुलाे हुन पाए हुन्थ्याे  भन्ने कुण्ठा बाेकेर अगाडी बढे त्याे कुशल जनप्रतिनिधी नभइ राजनैतिक दलकाे कार्यकर्तामात्रै हुने  भएकाले यस्ता खालका आराेपबाट सजक रहन सबैलाइ आग्रह गर्नु भयाे।

हामीले पाँच बर्षमा जनतालाई के दियाे अब के दिन सक्छाै भन्ने कुराकाे समीक्षा गर्न आवश्यक रहेकाे बताउनु भयाे।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता