भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्मा ‌औषधी लिएर सल्यानका दुई नगरपालिकामा

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्मा ‌औषधी लिएर सल्यानका दुई नगरपालिकामा

माघ २१, सल्यान

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा ‌औषधी लिएर सल्यानका दुई नगरपालिकामा पुग्नु भएकाे छ।

विज्ञापन

जिल्लामा रेविजकाे  महामारी फैलिएकाे खबर प्राप्त भए लगतै मन्त्री शर्मा बनगाड कुपिन्डे नगरपालिका र बागचाैर नगरपालिकामा औषधि लिएर पुग्नु भएकाे हाे।
घर पालुवा पशु चौपायमा रेबिज रोगको महामारी फैलिन थालेपछि शर्माले सल्यानका दुई पालिकामा औषधि हस्तान्तरण गर्नुभएको छ ।
केही दिन पहिले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिकामा पशु चौपायामा रेबिज रोगको महामारी देखिएको र यसको भयावह हुने अवस्था सृजना भएको खबर पाएपछि शर्माले औषधि र भ्याक्सिन ल्याएर पालिकालाई हस्तान्तरण गर्नुभएको हो ।


मन्त्री शर्माले औषधी लिएर बनगाड कुपिन्डे नगरपालिकाको पशु सेवा शाखालाई ३ सय र बागचौर नगरपालिकाको पशु सेवा शाखालाई ३  सय डोज भ्याक्सिन र औषधी हस्तान्तरण गर्नुभएको छ ।

जिल्लाका अन्य पालिकामा रेविजकाे अवस्थाबारे जानकारी प्राप्त नभएकाेले जानकारी पाए ‌औषधीकाे लागि पहल गर्ने  बताउनु भयाे।

शारदा नगरपालिकाको पशु सेवा शाखामा भने औषधिको अभाव नभएको खबर प्राप्त भएको र उपलब्ध भ्याक्सिन र औषधि बाट उपचार भैरहेको छ ।
केही दिन पहिले स्थानियले पालेका पशु चौपाया र छाडा पशु चौपाया अज्ञात रोगले मर्न थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यलय सल्यानले नमनुा संकलन गरी पशुपंक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएको थियो ।

कार्यालयले जिल्लाको तिन पालिकामा रेबिज रोगको अवस्था भयावह देखिन थालेको र स्थानिय तहहरुमा औषधि र भ्याक्सिनको अभाव भएकोे खवर गरेपछि समस्या समाधानको लागि तत्काल औषधि सहित आएको मन्त्री शर्माले बताउनु भयो ।

समस्या भएको अन्य स्थानिका लागि पनि तत्काल उपचारको व्यवस्था गरिने मन्त्री शर्माले बताउनु भएकाे छ।
एक हप्ता पहिले फैलिएकको अज्ञात रोगले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा ५ छाडा गाई र दुई कुकुर मरेका थिए भने बागचौर नगरपालिका क्षेत्रमा पशु चौपाया बिरामी परेका थिए

बिरामी गाईको लक्षणबाट कुन रोग हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु कार्यालय सल्यान र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना संकलन गरी सुर्खेत पठाइएको बन्गाड कुपिण्डे नगरपालिकाका पशु शाखा प्रमुख विना राम रावतले बताउनु भयो ।

रोग फैलिएपनि औषधी आभाव भएकाले प्रदेशमा माग गरिएको उहाँले बताउनु भयो ।

बागचौर नगरपालिका क्षेत्रमा भने बौलाहा ककुरले टोकेर पशु बस्तु बिरामी भएपछि रेबिज भ्याक्सिन माग गरिएको पशुशाखा प्रमुख टेक बहादुर बस्नेतले बताउनु भयो । उहाँका अनुसार बिरामी पशुको नमुना संकलन गरि प्रदेश प्रयोगशालामा पठाईएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता