मन्त्री शर्माद्वारा व्यवसायीक आलु खेतीको अनुगमन किसान भन्छन्ः अनुदान हैन सहुलियत कर्जा दिनुहोस्

मन्त्री शर्माद्वारा व्यवसायीक आलु खेतीको अनुगमन किसान भन्छन्ः अनुदान हैन सहुलियत कर्जा दिनुहोस्

माघ २१ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री भिम प्रकाश शर्माले सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं ६ तोरीबारीमा लगाइएको ब्यबसायिक आलुखेतीको अनुगमन गर्नु भएको छ।

विज्ञापन

मन्त्री शर्माले गुर्भाकोट नगरपालिका ६ तोरीबारीमा करिव २ बिघाह क्षेत्रफलमा पलटिङ ड्याङ बिधीबाट सुरु गरिएको करार व्यवसायीक आलु खेतीको अनुगमन गर्नु भएको हो।

काभ्रे पाँचखाल स्थायी घर भएका जनराज सापकेटाले व्यक्तिगत लगानी  रु ४ लाख खर्च गरी ५ जना जेटिए स्तरका कर्मचारी परिचालन वाट करिव २ बिगाह क्षेत्रफलमा जनक देव जातको आलु व्यवसायीक करार खेती सरु गरेका छन।

काभ्रे पाँचखाल निवासी सापकोटाले करिव १सय १८ रोपनी जग्गा करार सम्झौता गरी सकेको बताउदै प्रदेश संघ तथा स्थानीय सरकारले अनुदान हैन सहुलियत ब्याज दरमा किसानलाई ऋण उपलब्ध बनाउनु पर्ने मन्त्री शर्मा संग माग गर्नु भएको छ।

सापकोटाले अनुगमनका क्रममा मन्त्री शर्मा संग अनुदान रमकले किसानलाइ आत्मनिर्भर नभइ अनुदान मुखी मात्रै बनाएकोले कुनै पनि व्यवसाय उत्पादन मुखी तथा दिगो हुन नसको गुनासो गर्नु भयो।

सरकारले अनुदान रकम हैन किसानलाई प्राविधिक सहयोग गर्न सके उत्पादनमा कर्णाली प्रदेश आत्मनिर्भर रहने बताउनु भयो।

किसान संग कुराकानी गर्दै अब युवाले उत्पादतिर लागे प्रदेश सरकार उत्पादित बस्तु बजार नपाउने तथा कुहिर खेर जान नदिन  प्रदेश सरकार तयार भएकाले सबै खाली जग्गालाई उत्पादन मुखी बनाउन लाग्नु पर्नेमा जोड दिनु भयो।

मन्त्री शर्माले अनुगमनका क्रममा अव छिटै कर्णाली प्रदेश स्तरीय किसान महासंघ गठन हुने भएकाले किसानकै उपस्थिती रहने गरी नियमावली निर्माण गर्ने बताउनु भयो।

प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा कृषि तथा पशुमा आत्मनिर्भर बनाउन र करार खेतीको प्रवर्द्धन तथा अनुदान दिन कर्णाली प्रदेश सरकार तयार भएको बताउनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता