मन्त्री शर्मा द्वारा कृषि विकास निर्देशनालय र एकीकृत कृषि प्रयाेगशाला अनुगमन

मन्त्री शर्मा द्वारा कृषि विकास निर्देशनालय र एकीकृत कृषि प्रयाेगशाला अनुगमन

माघ १६ सुर्खेत

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकास शर्माले आज  दुइ कार्यालय अनुगमन गर्नु भएकाे छ।

किसानका गुनासा दिनानुदिन  मन्त्रालयमा  बढन थालेपछि किसानकाे  खेतबारी अनुगमन पश्चात मन्त्री शर्माले कृषि विकास निर्देशनालय र एकीकृत कृषि प्रयाेग शाला अनुगमन गर्नु भएकाे हाे।

अनुगमनका  क्रममा आर्थिक बर्ष २०७९ र ०८० साल माघ पुष महिना सम्मकाे प्रगति प्रतिवेदन बारे पनि जानकारी लिनु भएकाे छ।

कृषि बिकास निर्देशनालयमा अनुगमनका क्रममा निमित्त निर्देशक चित्र बहादुर राेकायले कार्यालयकाे  सम्पूर्ण प्रगति तथा जनशक्ति बारे जानकारी दिनु भएका थियाे। निर्देशनालयमा प्रभावकारी काम तथा कार्यसम्पादनमा कर्मचारी नभएकाले  ताेकिएका काम र क्रियाकलाप सम्पन्न हुन नसकेकाले तत्काल निती तथा नियामावली बनाउन पहल गर्नु पर्ने  माग राख्नु भयाे।

मन्त्रालयका सचिव लेखराज दाहालले यसबारे मन्त्रालयले मन्त्री सँग बसेर केन्द्रीय कानुनका अधीनमा रही निती तथा नियमावली बनाउन पहल गर्ने बताउनु भयाे।

त्यस्तै एकीकृत कृषि प्रयाेगशालामा पनि  मन्त्री शर्माले अनुगमन गर्नु भएकाे छ।

प्रयाेगशालाका प्रमुख परशुराम रावतले प्रयाेगशाला बाट दिन सक्ने सेवा नागरिक सम्म सहज रुपमा पुर्याउन माटाे परिक्षण तालिम सञ्चालन गरेकाे ले यसका बारे मन्त्रालय र स्थानिय सरकार द्वारा यथासिघ्र प्रयाेगशाला ब्यबस्थापन कक्ष निर्माण गर्न  पहल गर्न अनुराेध गर्नु भयाे।

माटाे परिक्षण तथा किटनाशक जीवानु परिक्षणमा दक्ष जनशक्ति अभाव भएकाले कर्णाली प्रदेशका १५ स्थानिय तहका कृषि प्रविधिककाे तालिम बाट कर्णालीमा बिग्रेकाे माटाेमा सुधार  आइ किसानलाइ केही राहत हुने बताउनु भयाे।

अनुगमनका क्रममा मन्त्री शर्माले कर्णाली प्रदेशमा भएका कृषि क्षेत्रमा काम गर्ने  अन्तरराष्ट्रिय गैरसरकारी संस्था तथा दातृ निकायलाई अनिवार्य जनशक्ति उत्पादन तालिम दिने कार्यक्रम बनाउन निर्देशन गर्दै कर्णालीका दुईवटा क्षेत्र सल्यानकाे कपुरकाेट र हर्रे डाँडाबाट  सेटे लाइट  सेवा सुरु भएता पनि  कर्मचारी अभावमा   सञ्चालनमा कठिन भएकाे ले यसकाे ब्यबस्थापनमा गम्भीर भएकाे र यसलाइ तत्काल सञ्चालन गर्न पहल गर्ने जानकारी दिनु भयाे।

किसानलाइ कृषिमा कहर हैन रहर लाग्ने वातावरण सृजना गर्ने खालका कार्यक्रम  तय गर्न स्थानिय सरकार प्रदेश सरकारले पहल गरी माटाे सुधारका लागि चुना सहयाेग कार्यक्रम तह गर्न निर्देशन गर्नु  भयाे।

अनुगमनका क्रममा लिएका केही तस्वीरहरु 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता